Tuesday, August 8, 2023

आधुनिक नेपाली कविताको इतिहास - डा. लक्ष्मणप्रसाद गौतम

 (जगदम्बा )

नेपाली साहित्यको वृहत् इतिहास 

नेपाली पद्य र बाल साहित्य







मातृका पोखरेल 

समकालीन र समयबोधी चेतना भएका कवि हुन्। मार्क्सवादी वैचारिक धरालतमा लेखिएका समाजवादी. यथार्थवादी प्रवृत्तिका उनका कविता वर्गीय चेतना, सामाजिक विषमता, देशको आर्थिक दुरवस्था र राजनीतिक विसालिया केन्द्रित छन्। समाजमा व्याप्त शोषण, अनाचार, उत्पीडन र असमानताको अन्त्यका लागि क्रान्ति र विद्रोहको आवश्यकता उनले देखेका छन्। सामाजिक रूपान्तरणका लागि राजनीतिक परिवर्तनको आवश्यकता देख्ने पोखरेल निम्नवर्गप्रति सहानुभूति राखेर कविता लेख्ने र मुक्तलयलाई अँगाल्ने प्रगतिवादी कवि हुन्। मातृका पोखरेल (२०२३) ले २०४१ को 'समीक्षा' पत्रिकामा 'सूर्य उदाऊ अब' शीर्षकको कविता प्रकाशित गरी कवितायात्रा थालेका हुन् र उनका कवितासङ्ग्रह र कथासङ्ग्रह गरी धेरै कृतिहरू प्रकाशित छन् । 'सेतो दरबारको छेउबाट' (२०५७), 'यात्राको एउटा दृश्या (२०६०), 'अनुहारहर (२०६४), 'मित्रताको आकाश' (२०७६) उनका कवितासङ्ग्रह हुन् । उनका फुटकर कवितामध्ये 'चस्मा', 'जङ्गबहादुर', 'दिल्लीका मच्छरहरू', 'मित्रताको आकाश', 'छोडपाङ  तिमीले कस्तो सपना देख्यौ?' आदि उल्लेखनीय छन्। उनी नेपाली प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्यसमेत भएका हुन्। उनले काजी रोशन साहित्य पुरस्कार, गम्भीरबहादुर थापा सम्मान आदि सम्मान पुरस्कार प्राप्त गरेका छन्। मातृका पोखरेल प्रगतिवादी धाराका सिद्धहस्त कवि हुन् र उनका कवितामा युगीन राजनीतिक, सामाजिक र आर्थिक विसातिले ल्याएका विषमता, शोषण र अनाचारका विरुद्धको आक्रोश व्यक्त गरिएको छ। माटोमा नङ्ग्रा गाइनेहरू नै माटोविहीन हुनुपरेको र मुक्तिका लागि क्रान्तिको अपरिहार्यता पनि उनका कवितामा अभिव्यक्त गरिएको छ । समाजमा व्याप्त शोषण, अनाचार, उत्पीडन र असमानताको अन्त्यका लागि विद्रोहको स्वर पनि उनका कवितामा छ तर त्यो विद्रोह उग्र प्रकृतिको नभएर अपेक्षाकृत सौम्य देखिन्छ र साङ्केतिक रूपमा नै उनले त्यो विद्रोहको स्वर अभिव्यक्त गरेका छन् । ग्रामीण समाजका विपन्नता र सहरिया समाजका सम्पन्नताका बिचको तुलना गरेर हिजो गाउँमा मान्छेमान्छेविन प्रेम भएको र अब सहरमा मान्छेले तस्बिरलाई प्रेम गर्ने कुरा देखाएर भोलिको देशको स्थितिप्रति ठुलो चिन्तासमेत प्रकट गरेका छन् । उनका कवितामा वर्गीय द्वन्द्र, सहरिया संवेदनहीनता, निम्नवर्गीय श्रमिक जनताप्रतिको सहानुभूतिको भाव पनि अभिव्यक्त भएको छ। मात्रिका पोखरेलका कवितामा सत्तानायकहरूका नेतृत्वशैली र तिनका अराजक प्रवृत्ति देखाएर राजनीतिक अव्यवस्था र अराजकताको चित्र उतारिएको छ । सत्ताका नायकहरूको बहुरूपी र द्वैध चरित्रलाई देखाउन निधारमरि चन्दन लेपेर मानव वधशालातिर हतियार बोकेर कुदिरहेको अनुहारलाई देखाइएको छ। यस्ता सत्ताधारीहरूले नै देशको नियम कानुन मिचेर हतियारका भरमा शासन गरिरहेको कुरा उनका कविताले देखाएका छन् । सत्ताका यस्तै बर्बरताबाट सर्वसाधारण जनता आहत भएकाले राजनीतिक सामाजिक परिवर्तनको खाँचो उनले देखेका छन्। उनका कतिपय कवितामा माओवादी सशस्त्र विद्रोहको समर्थन गरिएको छ र विश्वपरिवेशमा देखिएका युद्धका त्रासदीसँग नेपालको सशस्त्र द्वन्द्र भएको एउटा ठाउँ छोङपाङको तुलना गरी सशस्त्र युद्धका सुन्दर सपनाको परिणतिलाई देखाएर आशावादी जीवनदृष्टि प्रस्तुत गरिएको छ । उनका पछिल्लो समयका कविता लोकतान्त्रिक गणतान्त्रिक चेतनाबाट पनि अभिप्रेरित छन् भने युगबोध वा वर्तमानबोध, विश्वबोध र समकालीन परिवेशको बिम्बचित्र उनका कवितामा पाइन्छ । मातृका पोखरेल मुक्तलयका गद्यकवितामा सरल भाषामा गम्भीर भाव व्यक्त गर्ने र विचार तथा कलाको समन्वयमा सचेत प्रगतिवादी कवि हुन् ।

No comments:

Post a Comment