Thursday, November 9, 2023

त्यसबेला म मरिसकेको हुनेछु

 त्यसबेला म मरिसक्ने छु

कहिलेकाही शहरमा बस्दाबस्दा

डरले ऐंठन होला जस्तो हुन्छ 

मलाई सबैभन्दा बढ्ता डर लाग्छ 

थाम्खर्क जाने बाटो बिर्सिए भने के होला 


आफू जन्मिएको ठाउँ पुग्ने बाटो 

साँच्चैसाँच्चै बिर्सिएँ भने 

म पक्कै मर्ने छु ।


कहिलेकाही आफैंलाई एक्लैएक्लै डर लाग्छ 

त्यो बनडाँडाको नाम बिर्सिएँ भने

काँसटारको नाम भुसुक्कै बिर्सिएँ भने

भुसभुसे,  गढीथुम्को , त्यो देविथान 

सबैसबै बिर्सिएँ भने



खाल्लेपानीको उकालो 

पानी बोकेको याद आएन भने 


त्यो बनडाँडाको नाम बिर्सिएँ भने

काँसटारको नाम भुसुक्कै बिर्सिएँ भने

भुसभुसे,  गढीथुम्को , त्यो देविथान 

सबैसबै बिर्सिएँ भने


मान्छे मर्नका लागि धेरै कुरा चाहिदैन

No comments:

Post a Comment