Thursday, November 9, 2023

घर घरजस्तै भइदिए हुन्थ्यो ( कविता )

 पानी पर्ने दिन 

आँखा झिमिक्क पार्न पाइँदैन 

रातभर अनिँदो बस्नुपर्छ 


वर्षादको पानी छेकिदिए हुन्थ्यो 



तिमीले यसलाई घर भन्यौ 

हामी धेरै अट्ने घर भन्यौ

यो घरमा बसेपछि कोही अपमानित हुनु पर्दैन भन्यौ 

हामी सबैले पत्यायौ 



धेरै मानिसहरू आए यो घरमा 

अचेलभरी मेरो घर भन्दै आउछन् 

गोमन सर्पहरू

खजुरा र बिच्छीहरू 


पुर्खाले बनाइदिएको यो घर

गोमन सर्पहरूबाट वच्न

बर्खा र ठन्डीसँग लड्न 


अचेल तिमी नै

गोमन सर्पहरू पनि घरभित्र चाहिन्छ भन्न थालेछौ 

खजुरा र बिच्छीहरूसँग एउटै ओछ्यानमा सुत्न जान्नुपर्छ भन्न थालेछौ





म यही घरभित्र बसेर

यो घरलाई मेरो भनेर दावी गर्ने

गोमन सर्पहरूसँग लडिरहेको छु

खजुरा र बिच्छीहरूसँग लडिरहेको छु


यही घरलाई आत्मीय ठानेर 

हिजोसम्म बसिरहेका मानिसहरू

छाडिरहेकाछन यो घर


तिमी नयाँ घर बनाउने कुरा गर्दैछौ

कसरी विश्वास गरौं 

अब बन्ने यो घरमा मसँगै सर्प , बिच्छीहरूले सुत्न आउने छैनन् ।

म कसरी विश्वास गरुँ ?

No comments:

Post a Comment