Thursday, November 9, 2023

तिमीलाई देखे पछि

 तिमीलाई देखे पछि

मलाई बिम्बमा सोच्न सक्दिन

सिधैसिधै

कविताको नाममा एउटा नारा लेख्न मन लाग्छ

मेरो कविता नारामा रूपान्तरित हुन्छ

तिम्रो चरित्र माथि लेख्न बस्दा

तिमी प्रति एउटा आक्रोश पैदा हुन्छ

गाली कविता होइन

नारा बन्छ

तिमीलाई सिधै मुर्दावाद भन्न मन लाग्छ


No comments:

Post a Comment