Friday, April 23, 2021

कविता - १

 कविता

-----------------------

सपनाहरूसँग दिक्क मानेर
सिभिल होम्सको फ्लाटमा
बिपनाको लागि लत्ताकपडाको जोहो
कसले गरिरहेछ विदेशी सुटकेसमा ?
साउदी अरबको जेलमा
हिजोमात्र आत्महत्या गर्ने
मानिसको समाचार मलाई पढ्नै मन लागेन ।
================
को समाचार
पढ्न भ्याइन भन्ने श्रममन्त्री को होला ?
===============
सहिद गेटमा उभिएर
म सोचिरहेको छु ,
मलाई अचेल सहिद गेट जानै मन लाग्दैन
सहिद गेटमा पुगेपछि अचेल मलाई केके केके सोचिरहन मनलाग्छ ,
सहिद गेट गएपछि
उ सहिद नभएको भए
के सोच्दै हिड्थ्यो होला सडकमा ?
के बोक्दै हिड्थ्यो होला झोलामा ?
म यस्तै कुरा सोचिरहन्छु
फेरि समालिन्छु घरीघरी
सहिद प्रति आस्था नपलाएकोमा आफैं प्रती दिक्क हुन्छु ।
उ सहिद नभएको हुन्थ्यो भने
के बोकेर हिड्थ्यो होला आफ्नो झोलामा ।
मन्त्री पाइन भन्थ्यो कि !
केन्द्रीय सदस्यका लागी लड्थ्यो कि !
उ सहिद भएर ठिकै भएछ
सहिद हुन नसकेको भए
कहाँ हुन्थ्यौ, के हुन्थ्यौ
कुन देश नागरिक बन्न दौडथ्यौ
===============
कुन देश हो तिम्रो ?
अर्कै देशले रगत खाएर
तिमीलाई मुर्दा बनाएर यता पठाएपछि
सहिदको छालामाथी सुत्दा
कस्तो सपना देखिदो हो ?
सहिद भएछौ , ठिकै गर्‍यौ
बिग्रनबाट जोगियौ ।
नेताको भान्सा कोठामा कसरी पस्नु ?
भान्साभरी सहिदको रगत गनाउछ ।
======= ======== =====
सिनो जस्तै हो देश
जति लुछे पनि हुन्छ
गिद्धहरु अपारदर्शी सिसा भएको कारमा
बेरोकटोक दौडिरहेकाछन
========= =========
मलाई सिंहदरबारमा बस्ने मान्छेलाई सोध्न मन लागेको छ -
सहिदको छालामाथि सुतेर
कस्तो सपना देखिदो हो ?
========= ========
नदेखेको बाटो ,
तिमीले जसरी मैलेपनि
उसलाई अध्यारोमा हिड्न भन्नू हुदैन
मैले उसलाई टाढाटाढासम्म हिडाएर पुर्‍याउनुछ
तिमीले जसरी बीचमै छाड्नु हुँदैन ।
=================
अचेलभरी काँचो धागोले नबाँधीकन
इमेलबाट मान्छे मरेको सूचना आउँछ
अचेलभरी मेरो फेसबुकमा
मरेका मानिसहरुले फ्रेन्ड रिक्येष्ट पठाइरहेका छन्
मैले कन्फर्म गर्न बाँकीनै छ
========= =====
शहरबाट उनीहरु गाउँसम्मै आए
उनीहरु आए
उनीहरु गए
उनिहरुले मैनबत्ति बालेर
जाडो हटाउने सल्लाह दिएर गए
==================
देशको नक्साजस्तै देखिन्छ प्लेट
गमलाहरुमा रुख रोपेर
राष्ट्रिय निकुञ्जको परिकल्पना गर्दैछन् उनिहरु
========= ===
बगिरहेको नदी एक्कासी रोकियो भने
किन टोलाउछन मान्छेहरू
============
हुलाकीको इमेल
=============
अन्तुमा सूर्योदय

-----------------------------------------------------------------------

समय गन्ध


गिद्धले के खाइरहेको छ ?
देशको नक्शाजस्तो थालमा ।


साउदीअरबबाट छोराले पठाइदिएको पैसा मनिट्रान्सफरबाट झिकेर भरखरै बाबू
भट्टिपसलमा गर्दै छ अर्डर
छोरीले मुम्बईबाट पठाएको पैसा गोजीमा राखेर
भरखरै भोट माग्न हिडिरहेको छ जनप्रतिनिधि
एकादेशको कथाजस्तै ट्वाल्ल परेर सुनिरहेका छौं हामीहरु उस्का बिकासे योजना ।
यो बाटो कता पुगेर सकिन्छ ?
कसैलाई थाहा छैन ।
समयको नमिठो गन्ध वाक्क लाग्नेगरी
बस्तीभरी छरिएको छ
समय कस्तो नमिठो गनाइरहेको छ
छोराले भरखरै विध्यालयबाट
घर आएपछी घोक्दैछ
पृथ्वीनारायण शाहको दिव्य उपदेश ।
मलाई सिंहदरबारभित्र पसेर सोध्न मन लागेको छ
सहिदको छालामाथि सुतेर निदाउदा
कस्तो सपना देखिन्छ ?

000

------------------------------------------------------------------

विज्ञापन



राजनैतिक पार्टीका सूचना पाटीहरुमा
नयाँ विज्ञापन टाँगिएको छ ।

पहिले पहिलोको जस्तो होइन ,
विज्ञापनमा नितान्त नयाँ कुरा छ ।
कम्युनिस्ट पार्टीहरुको कार्यालयमा झुण्डाइएको छ बिज्ञापन ,
पटक्कै मार्क्सवादको ज्ञान नभएका मार्क्सवादीहरुको दरखास्त आह्वान गरिएको छ ।
प्रजातान्त्रिक पार्टीहरुको कार्यालयमा
प्रजातन्त्रवादी पार्टीहरूको बिज्ञापनमा
प्रजातान्त्रिक पद्धतिका बारेमा कुनै ज्ञान नभएका कार्यकर्ताहरूको माग गरिएको छ ।
यही बिज्ञापनको बारेमा
छलफल गर्दै
बैठक बसिरहेका छौँ
हामी निरन्तर सडकमा हिडिरहेका छौं ।
कहिल्यै सुनिएको थिएन
यस्तो विज्ञापन
तर नयाँ प्रयोग गरिएको छ

000

-------------------------------------------------------

प्रिय जसबहादुर
अरब जाँदा पनि मन तिमीले यतै पहरामा झुण्ड्यायर गएका थियौ

सानासाना छोरीहरुको
भुतुक्कै हुने गरि सम्झना आउने कुरा गरे
र उनीहरुको पढाई सोधे ।

आज राति उनले सपनामा आएर भने
मरेपछि पनि आफ्नो माटोको माया उत्तिकै लाग्दोरहेछ ।

सपनामा जसबहादुरले
गाउँको हालचाल सोधे
देशको हालचाल सोधे
सानासाना छोरा छोरीहरुको
भुतुक्कै हुने गरि सम्झना आउने कुरा गरे
उनीहरुले पढ्न पाएको नपाएको कुरा  सोधे ।

विपनामैं पहिले पनि भन्ने गर्थ्यौ तिमी -
दु:खका गीत गाउनुजस्तो नरमाइलो केही हुँदैन जीवनमा ।

पृय जसबहादुर ,
हिजोदेखी मेरो सपना बिग्रदै गइरहेको छ
तिमीलाई परार बिदाइ गर्दा किनेको दोकानमा
उसैगरी हावामा हल्लिरहेका थिए
सयपत्री फूलका मालाहरु
फूल ओइलिने डरले
उसैगरी पानी छम्किरहेका थिए
फूलमालाका व्यापारीहरु

उहिले मान्छेहरू
सपनामा मरेको मान्छे देखेपछि
ठुलै खती हुन्छ भन्थे ।

आज राति सपनामा
आफ्नो परिवार सोध्यौ
आफ्नो गाउँ सोध्यौ
पछि आफ्नो देश पनि सोध्यौ

उसले मलाई सपनामा सोध्यो -
म मरेपछि कस्तो देखिँदो रहेछु ?

प्रिय जसबहादुर !
आफू मरेपछि तिमी
मेरो सपनामा बारम्बार आइरहन्छौ
तिमीलाई यसरी खबर सुनाएछु ।

नेपालमा केही महिना अघि अखबारले तिम्रो एउटा समाचार छाप्यो
साउदी अरबको अस्पतालको
तिम्रो ओछ्यान सहितको बिरामी फोटो छाप्यो
र तिम्रो सानो अन्तरबार्ता पनि छाप्यो ।

अन्तर्वार्तामा भनेछौ -
गाउँको खुबै याद आउने कुरा
काभ्रेपाखा जङ्गलको सम्झना
सानासाना छोरीहरुको
भुतुक्कै हुने गरि सम्झना आउने कुरा

तिम्रा बालसखा हामी धेरैले पढ्यौ त्यो अखबार
र कति देखिनेगरी रोयाैं
कति नदेखिने गरि रोयाैं

तिमी धनी थिएनौ
तर बग्रेल्ती कुकुरहरू थिए तिम्रो घरमा
कति माया गर्थे कुकुरहरू तिमीलाई
पृय जसबहादुर ,

प्रिय जसबहादुर सुनुवार,
गाउँ छाडेर राजधानी पसेपछि
तिमीसंग कमैमात्र भेट हुन्थ्यो

साउदीअरबबाट एयरपोर्ट हुँदै

स्वर्गीय जसबहादुरको नाममा एउटा पत्र

आज मैले सपनामा मरेको एउटा साथीसँग सम्वाद गरेँ ।

मरेको मान्छेले देशको चिन्ता गरेपछि
देशमा अनिष्ट हुन्छ क्यारे

पृय जसबहादुर
आज राती सपनामा
तिमिले मलाई आफू मरेपछि
आफ्नो गाउँघरको हालखबर सोध्यौ ।

पृय जसबहादुर ,
आज राति तिमीले सपनामा आएर फेरि भन्यौ -
मरेपछि पनि आफ्नो माटोको माया उत्तिकै लाग्दोरहेछ ।

एक दिन खबर आयो -
तिम्रो लास एयरपोर्ट आउदैछ
बाल्यकालका यादहरु आइरहे
बाटाभरी

पृय जसबहादुर ,
हिजोदेखी मेरो सपना बिग्रदै गइरहेको छ
तिमीलाई परार बिदाइ गर्दा किनेको दोकानमा
उसैगरी हावामा हल्लिरहेका थिए
सयपत्री फूलका मालाहरु
फूल ओइलिने डरले
उसैगरी पानी छम्किरहेका थिए
फूलमालाका व्यापारीहरू ।

र हतारिदै पुगे एयरपोर्ट अनि आर्यघाट
तिमी एउटा सुन्दर बाकसमा कैद थियौ
तिमीले यो बाकस देखेको भए कति कौतुहलताका साथ हेर्थ्यौ
जसरी हामी सानै हुँदा तिमिले हेरेका थियौ
मान्छे बोल्ने ट्रान्जिस्टर रेडियो
तर बाकसभित्र तिमी थियौ
हामीले जङ्गलमा गाइबस्तु हेर्दा देखेझै
एउटा सुकेको कालो छेपारो जस्तो थियो तिम्रो शरीर
निधारको तिम्रो ठुलो कोठी
हामी सबैले नदेखिने भएछ ।

पृय जसबहादुर ,
तिमीले गाउँ छाडेपछि
गाउँ , झन् पहिले जस्तो छैन
धेरै बेरमाइलो छ ।

पृय जसबहादुर ,
आज सपनामा फेरि भनेछु तिमिलाई
तिमीले पेटमा लागेको डढेलो निभाउन
पानी निख्रिएको मरुभूमितिर कुद्नै हुदैनथ्यो ।

हिमालबाट झरेका गण्डकीहरु एक्लै पिउँदाछन् यहाँका मान्छेहरू
उनीहरुसङ्ग खोस्नु पर्थ्यो र पिउनु पर्थ्यो ।

पृय जसबहादुर ,
आज राति तिमीले सपनामा आएर फेरि भन्यौ -
मरेपछि पनि आफ्नो माटोको माया उत्तिकै लाग्दोरहेछ ।

प्रिय जसबहादुर
अरब जाँदा पनि मन यतैयतै पहरामा  झुण्ड्यायर गएका थियौ

0000

तर बाकसभित्र तिमी थियौ
हामीले जङ्गलमा गाइबस्तु हेर्दा देखेझै
एउटा सुकेको कालो छेपारो जस्तो थियो तिम्रो शरीर
निधारको तिम्रो ठुलो कोठी
हामी सबैले नदेखिने भएछ ।
तिम्रो घरमुनिको पहिरो झन् ठुलो हुँदैछ
वर्षैपिच्छे बग्छ
कस्तो अचम्म वर्षामा त बग्योबग्यो
हिउँदमा पनि बग्छ
किन हो तिम्रो हाम्रो गाउँ
कि खडेरी लाग्छ
कि पहिरो बग्छ
धारापानीको धारो पनि सुक्यो अरे
के पिउछन गाउँका मान्छेहरू
अचेल गाउँमा आँसु धेरै बग्छ
शायद आँसु पिएर पानीको प्यास मेट्न खोज्दा हुन् ।
तिम्रो भानिज थियो नि ,
उही अन्तरे
जनमुक्ति सेनाको सिपाही
अब नयाँ युग ल्याउने भन्थ्यो
तिमी हामीसंग खुब बहस गर्थ्यो
अयोग्य भएर गाउँ फर्किएको छ
अचेल घरमा एक्लै टोलाइरहन्छ रे
कसैसंग बोल्दैन रे
घरी अनौठोसंग हाँस्छ रे
घरी अनौठोसंग रुन्छ रे
गाउँमा उसलाई देवि लागेको भन्दारैछ्न ।
अचेल गाउँमा गल्लावालहरु खुब घुम्छन
तिम्रा कलिला छोराछोरीहरुलाई खुबै घुरेर हेर्छन् र मुख मिठ्याउछन
पृय जसबहादुर ,
हाम्रो गाउँ , हाम्रो गाउँजस्तो छैन ।
पृय जसबहादुर ,
अचेल हाम्रो गाउँमा
भाले कराएर बिहानको संकेत गर्दैन
अचेल भाले साँझमा कराउछ
र अँध्यारोको संकेत गर्छ
गाउँमा हुचिलहरु बढेका छ्न
मनपर्दी छानामा आएर कराउछ्न ।
अचेल गाउँमा अब उनिहरुमात्रै छन्
बम्बै , साउदी र कुबेतले आवस्यकता नदेखेका उनिहरु मात्र हाम्रो गाउँमा छन्
पृय जसबहादुर ,
हाम्रै पालामा जस्तो
राजधानीमा ढसमस्स बसेर
बेसरम सिंहदरबार
नियमित उसैगरी पठाइरहन्छ गाउँमा
ढाँटकाे पुलिंदा ।
दुखको कुरो गाउँका मानिसहरु
पत्याइरहेकै छन् ।
पृय जसबहादुर ,
तिमीले गाउँ छाडेपछि
गाउँ , झन् पहिले जस्तो छैन
धेरै बेरमाइलो छ ।

पृय जसबहादुर ,
आज राति तिमीले सपनामा आएर फेरि भन्यौ -
मरेपछि पनि आफ्नो माटोको माया उत्तिकै लाग्दोरहेछ ।

000
हाम्रै पालामा जस्तो
राजधानीमा ढसमस्स बसेर
बेसरम सिंहदरबार
नियमित उसैगरी पठाइरहन्छ गाउँमा
ढाँटकाे पुलिंदा
दुखको कुरो गाउँका मानिसहरु
पत्याइरहेकै छन् ।


==============================

उखुको छोक्रा
उखुको छोक्राहरू हेरेर एकाएक 
उ  झल्यास्स झस्कियो

==============================

ढुङ्गाजस्तो मान्छे

कहिलेकाहीँ तिमी ढुंगाको खुबै बखान गर्छौ 
ढुङ्गाजस्तो अडान हुनुपर्छ भन्छौ

एकपटक सोच 
ढुङ्गाजस्तो मान्छे भयो भने के हुन्छ ?

सिंहदरबारका मान्छेहरू हेर 
उनीहरु पनि ढुङ्गा बन्न खोज्दैछन् 
तिमीलाई दुख्दा उनीहरुलाई कति पनि दुख्दैन 


========================================

प्रतिगमन

कस्ले र्‍याल चुहाएर हेरिरहेको छ 
कुनामा फ्याकिएको श्रीपेचलाई 
कसले थन्क्याएछ श्रीपेचलाई 
मानिसहरू भन्दा टाढा 
अँध्यारो कुनामा ?




===========================================

गाउँका आमाहरु


गाउँकाआमाहरुलाई
अष्ट्रेलिया अहँ केही थाहा छैन
पटक्कै सुनेजस्तो लाग्दैन
अमेरिका 
कतै कतै सुनेजस्तो मात्र लाग्छ
त्यो पनि राम्ररी थाहा छैन

आमालाई कण्ठ छ साउदी अरब
कतार खुबै कण्ठ छ

कतार पठाउने मेनपावर कम्पनी को नाम कण्ठ छ ।
कतार पठउने दलालहरुको नाम कण्ठ छ ।

कतारको पैसाको नाम
साउदी अरबको पैसाको नाम
सबै कण्ठ छ ।


शहरका आमाहरुलाई
मात्र थाहा छ अमेरिकाको डलर


===========================================


त्यसबेला म मरिसकेको हुनेछु



त्यसबेला म मरिसक्ने छु
कहिलेकाही शहरमा बस्दाबस्दा
डरले ऐंठन होला जस्तो हुन्छ 
मलाई सबैभन्दा बढ्ता डर लाग्छ 
थाम्खर्क जाने बाटो बिर्सिए भने के होला 

आफू जन्मिएको ठाउँ पुग्ने बाटो 
साँच्चैसाँच्चै बिर्सिएँ भने 
म पक्कै मर्ने छु ।

कहिलेकाही आफैंलाई एक्लैएक्लै डर लाग्छ 
त्यो बनडाँडाको नाम बिर्सिएँ भने
काँसटारको नाम भुसुक्कै बिर्सिएँ भने
भुसभुसे,  गढीथुम्को , त्यो देविथान 
सबैसबै बिर्सिएँ भने


खाल्लेपानीको उकालो 
पानी बोकेको याद आएन भने 

त्यो बनडाँडाको नाम बिर्सिएँ भने
काँसटारको नाम भुसुक्कै बिर्सिएँ भने
भुसभुसे,  गढीथुम्को , त्यो देविथान 
सबैसबै बिर्सिएँ भने

मान्छे मर्नका लागि धेरै कुरा चाहिदैन




===========================================

घर घरजस्तै भइदिए हुन्थ्यो ( कविता )

पानी पर्ने दिन 
आँखा झिमिक्क पार्न पाइँदैन 
रातभर अनिँदो बस्नुपर्छ 

वर्षादको पानी छेकिदिए हुन्थ्यो 


तिमीले यसलाई घर भन्यौ 
हामी धेरै अट्ने घर भन्यौ
यो घरमा बसेपछि कोही अपमानित हुनु पर्दैन भन्यौ 
हामी सबैले पत्यायौ 


धेरै मानिसहरू आए यो घरमा 
अचेलभरी मेरो घर भन्दै आउछन् 
गोमन सर्पहरू
खजुरा र बिच्छीहरू 

पुर्खाले बनाइदिएको यो घर
गोमन सर्पहरूबाट वच्न
बर्खा र ठन्डीसँग लड्न 

अचेल तिमी नै
गोमन सर्पहरू पनि घरभित्र चाहिन्छ भन्न थालेछौ 
खजुरा र बिच्छीहरूसँग एउटै ओछ्यानमा सुत्न जान्नुपर्छ भन्न थालेछौ

म यही घरभित्र बसेर
यो घरलाई मेरो भनेर दावी गर्ने
गोमन सर्पहरूसँग लडिरहेको छु
खजुरा र बिच्छीहरूसँग लडिरहेको छु

यही घरलाई आत्मीय ठानेर 
हिजोसम्म बसिरहेका मानिसहरू
छाडिरहेकाछन यो घर

तिमी नयाँ घर बनाउने कुरा गर्दैछौ
कसरी विश्वास गरौं 
अब बन्ने यो घरमा मसँगै सर्प , बिच्छीहरूले सुत्न आउने छैनन् ।
म कसरी विश्वास गरुँ ?

---------------------------------------------

सपना देख्ने मेरा आँखा


कहिलेकाहीं लाग्छ -

सपना देख्ने मेरा आँखा

मेरा दुखका कठोर पहाड हुन् ।


सोच्दै जान्छु

घरीघरी आफ्नै आँखासंग रिस उठ्छ

कहिलेकाहीँ लाग्छ 

आँखा नभएको भए


मान्छेहरू निदाएकै छन्

सुतेकै छन्

जङ्गलका सुकेका मुढा हुन् मान्छेहरू

मलाई कहिलेकाहीं त्यस्तै भइदिन मनपर्छ 


कहिलेकाहीँ आफ्नै आँखा झिकेर

सुकेको मुढालाई लाइदिन मनलाग्छ

कहिलेकाहीं नदीको किनारमा पल्टिएका शान्त ढुङ्‌गालाई लाइदिन मन लाग्छ

अब सपना देख्न मन छैन मलाई


अनी ऊ जागै बसोस न !


खडेरीले फुटेका खेतका गह्राहरू हुन्

मेरा आफन्तका अनुहार

मेरा सपनाले हिल्याउन अब सक्दैन

----------------------------------------------

कविता  

भिर 


डरलाग्दो छ

तिमीले देखाएको बाटो ।


तिमी भन्दैछौ

त्यही बाटो हिंड

त्यही भिरको बाटो हिंड


तर तिमी कहिल्यै हिंडेनौ त्यो बाटो 

मलाई मात्र देखाइरह्यौ 

त्यो तारे भिरको बाटो 


भीरको बाटो कहाँ पुग्छ होला ?


सपना टाढा हुँदै गैरहेको छ

तर पनि किन हिजो जस्तो थकथक लागिरहेको छैन मलाई ?

म आफैं निरुत्तर छु


म पहाड उक्लन्छु उसैगरी

म मधेस ओर्लन्छु उसैगरी



--------------------------------------------------





-------------------------------------------------






-------------------------------------------------


No comments:

Post a Comment