Thursday, February 1, 2024

कथा (विविध)

कथा

मिर्गौला

"दाइ ! चिन्नुभयो ?"
आवाज परिचित जस्तो लाग्यो ।  निकै परिचित जस्तो । चिनिन भन्न पनि गाह्रो लागिरह्यो ।
"अझै चिन्नु भएन ?"
मन नलागी नलागी चिनिन भन्नै पर्ने बाध्यतामा पुगेँ म ।
अत्यन्तै परिचितजस्तो लाग्ने स्वर भएकोले एकछिन फेरि अकमकाएँ ।
फेरि कुरा घुमाएँ । तपाईंको नम्बर मोबाइलमा सेभ रहेनछ । त्यसैले चिन्न गाह्रो भयो ।

"अब दाइहरूले हामीलाई किन चिन्नु हुन्थ्यो त !"
पारिचितजस्तो लाग्ने आवाजबाट एउटा ब्यङ्ग्यवाण आयो ।

"दाइले विर्सिसक्नु भएछ ! दाइलाई  हामीले कहिल्यै बिर्सिदैनौं नि !"

उताबाट आउने मुलायम र नरम शब्दले पनि मलाई कता कता घोचिरहेका थिए ।

धर्मसंकटमा परेँ म । र मन नलागी नलागी पनि भन्न बाध्य भएँ ।
' अहँ चिनिन ।'

त्यसपछि ऊबाट झन् मलाई मन नपर्ने शब्दवाणहरू झर्न थाले । यस्ता कुराबाट  म निकै आतङ्कित हुने गर्छु । त्यही कारण आफ्नो गाउँघरतिर  जान पनि मलाई अचेल त्यतिसारो मन लाग्दैन ।

'के चिन्नुहुन्थ्यो त ! उहिले हाम्रा करङलाई भऱ्याङ बनाउन्जेलसम्म हामी बिना तपाईँलाई हुँदैनथ्यो । अहिले सहरबासी  हुनुभएको छ । हामीलाई सम्झनुपर्ने जरूरी पनि छैन नि तपाईलाई !'

'कस्ती मान्छे होला । बोल्न पनि सोमत नभएकी । आफ्नो परिचय पनि दिएकी छैन ।' आफूभित्र झनक्क रिस उठ्यो । तर के गर्नु ? नेताहरुले जनता वा कार्यकर्ताको कुरा सुन्नुपर्छ भन्ने चलन छ ।

'आफ्नो परिचय चाहिँ दिनुस् न पहिले । अनि अरू कुरा गरुँला !' अब ऊ सँग कडिकडाउ कुरा गर्ने विचार गरेँ मैंले ।

'दिउँला नि कुनै दिन । आज चाहिँ दिन्नँ' ऊ झन् च्याँठिएर बोली । 'मानिसहरूको जीवन त्यसै बर्बाद पारिदिने' मैले केही भन्न नपाउँदै यति भनेर उसले फोन राखिदिइ ।

उसको यो भनाईले मेरो मस्तिष्कमा एउटा नचिताएको हलचल ल्याइदियो । तुरुन्तै मेरो मोबाइलमा आएको उसको मोबाइल नम्बरलाई सुरक्षित गरेँ ।

000


---------------------------------------

कथा विषय

-  एउटा चर्चित गुण्डा थियो

- गाउँमा उसको ठुलो प्रभाव थियो

- ऊ मऱ्यो एकदिन

- राजनैतिक पार्टीका  नेताहरू उसको सहयोग विना चुनाव जित्दैनथे

- कसले ओढाउने झण्डा

- हारालुछ हुन थाल्यो

------------------------------------------

को थियो ऊ
- मातृका पोखरेल

जीवनको एउटा भोगाई हो उसको ।
आज बिहान फेरि आइपुग्यो ऊ म कहाँ । निकै दिन भएको थियो ऊ म कहाँ नआएको । आइरहने मान्छे नआएपछि निकै खुल्दुली भइरहेको थियो । ऊ प्रति एउटा लगाव विकसित भयो , नजानिंदो तरिकाले । म कुनै राजनीति गर्ने मानिस होइन । धेरै रुची पनि राख्दिन । कलेज पढ्ने ताका मेरा थुप्रै सहपाठीहरू विद्यार्थी आन्दोलनमा थिए । कोही अखिल , कोही नेविसङ्घ  त कोही विद्यार्थी मण्डल । मैले उनिहरुसँग नजिकको सम्बन्ध राखेँ तर कतैतिर पनि नदेखाइकन । त्यसबेला मेरो यो स्वभावको बारेमा निकै चर्चा हुन्थ्यो साथी मण्डलीमा ।

ऊ आउँछ बेलाबेलामा । उसको डेरा मैले देखेको छैन । यही शहरको कुनै गल्लीमा बस्छ  । प्राय उसलाई म त्यही पत्रिका पसलमा भेट्छु । कहिलेकाहीं चियापसलमा । चियापसलमा आक्कलझुक्कल मात्र । प्राय पत्रिका पसल उसको भेटिने मुख्य ठाउँ हो ।
' कस्तो विद्वान छ त्यो मान्छे ' ऊ नभएको बेलामा चियापसलमा हाम्रो कुरा हुन्छ ।
'तर त्यो मान्छे को हो ?' सबै निरुत्तर हुन्थे ।

त्यसपछि ऊ कतै भेटिएन । एकदिन चियापसलमा एकजना साथीले एउटा फोटो लिएर आयो । त्यो उसैको फोटो थियो । ऊ सहिद भएछ । त्यो पत्रिकामा उसको सानो परिचय पनि छापिएको थियो । उसलाई यही हाम्रो टोलबाटै गिरफ्तार गरेर लागिएको रहेछ । चन्द्रागिरीको जङ्गलमा सुरक्षाकर्मीको घेरा तोड्ने क्रममा दोहोरो मुठभेडमा गोली लागेर एकजना आतङ्ककारीको निधन । आखिर हत्या गर्ने बहाना हुन्थ्यो त्यतिबेला घेरा तोड्नु ।


-------------------------------

तर यो कथा होइन ( कथा )

बालविधुवा भाउजु
गरिबी

वृन्दावन पुऱ्याएर छाड्ने
भाउजू आइपुगिन

आइपुगिन पनि तीन महिनापछि

केही दिनमा गाउँमा एउटा हल्ला फैलियो - " पण्डितहरू यो हिउँदमा चारधाम जाँदैछन् । "

भदौ महिना पनि बिदा हुनै लाग्यो । भदौरे झरीले आतङ्क सिर्जना गर्न छाडेको छैन । सुनकोशी नदीले आफ्नो ताण्डव रूप दैनिक जसो देखाइरहेको छ । भाँच्ने बेला भएको मकै आज रातिको पहिरोले सबै उडाएछ । बारी हेर्न जान पनि दिक्दार लाग्यो । हिजोको गैह्री बारी आज पहिरो भयो ।

तर पंडित बदरीनाथको दिमागमा अर्कै कुराको आतङ्कले घर गरेको छ । निकै दिन भयो उनले त्यो आतङ्कको भारी बोकेर हिंडेको ।

लीलाकान्तले  यारी खोलाको खेतमापानी लगाउँदा लगाउँदै खुसुक्क भने -

सुनेर पंडित आतङ्कित बने।

अचेलभरी पनि मानिसहरू गाउँघरमा यो घटना सुनाउँदैछन् । सुनाउनेहरू कथा सुनाए झैं सुनाउँछन् । सुन्नेहरु कथा सुनेझैं सुन्छन् । वास्तवमा यो घटना कथा थिएन तर हाम्रो समाजमा कथा बनेर बाँच्यो ।

यो वास्तबिक घटना हो । यो घटना कसैले उनीहरुलाई भन्यो । उनीहरुले मलाई भने । मैले बाल्यकालमैं सुनेको यो कथा जस्तै लाग्ने वास्तविक घटनालाई मैले कथा भनेर लेखेँ । मैले कथा भनेर लेख्नु भन्दा अघि यो कथा  थिएन ।


--------------------------------

(कथा ) हजुरले मलाई चिनिसिएन 

- एउटा आउँछ

- टाइ सुटमा

- अत्यन्तै चिनेको जस्तो व्यवहार गर्छ

- म क्या उही

- हजुरले मलाई चिनिसिएन कि के हो ?

- देखे जस्तो लाग्दैन 

- ऊ फेरि अत्यन्तै परिचित जस्तो कुरा गर्छ

- सरकार ढल्ने कुरा आइरहेको छ ।

- तर यो तलबले फर्किंदा पनि हातमा शून्य हुन्छ ।

- मन्त्री भएको एक महिना पछि घरमा श्रीमती र अरू परिवारका पनि नाक खुम्च्याउन थालि सके ।

- हिजो विपक्षी दलको नेताले पनि भने - यो सरकारमा मलाई उहाँसँग मात्र विश्वास छ।

- सबैले ताली बजाए ।

मलाई अचम्म लागिरहेछ । आज मन्त्री भएर आएको पनि तीन महिना हुन लागिसक्यो ।

-----------------------------------------

'कमरेड ! मार्क्सवाद गतिशील विज्ञान हो ।"

उसले टाउको घुमायो र सोच्यो - 'हो मार्क्सवाद त गतिशील विज्ञाननै हो ।' तर ........................ फेरि सोच्यो ।

--------------------------------------

सरुवा ( कथा )

नसम्झिउँ भन्दा पनि  ती दिनहरू कर्णेल दिवसको मानसपटलमा सिनेमाका रिल घुमेझैं  एकाएक आइपुग्छन् ।

'त्यो घटना थाहा रहेछ भने कसरी बढुवा होला र ?' दिवस कर्णेलले खुइय गरेर लामो श्वास फेरे र आफैभित्र प्रश्न गरे ।

कर्णेल दिवसले दुई वर्षै अघि जर्नेलमा बढुवा हुने आसा गरेका थिए ।

दिवस कटुवाल

आमा पुर्ने सेना

दिवस मन्त्री हुन्छ

बदुवा गर्न दिवसलाई पैसा खुवाउने मान्छे खोज्छ ।

पैसा खुवाउँछ

बढुवा हुन्छ ।

---------------------------------

बाबुको पहाड घर कहाँ हो ? ( कथा )

एक जना बुढा मान्छे हुनुहुन्थ्यो छेउमा ।

--------------------------------

( कथा ) के यो त्यही मान्छे हो ?

- मातृका पोखरेल

चुनावमा आउँदा ऊ मानौं यो युगको विनम्र मान्छे जस्तो लाग्थ्यो ।

पछि भेट्दा यो भन्दा क्रुर मान्छे कोही होलान र जस्तो लाग्यो ।

----------------------------------

(कथा ) जिम्दार बा को घोडा

- मातृका पोखरेल

-------------------------------

नदुखी मर्न पाईँदैन ( कथा )

कस्तो दुःखद घटना । प्रारम्भिक सूचनाअनुसार २०८१ साल ज्येष्ठ ८ गते बिहान काठमाडौँ थलीमा मृत भेटिएका नगरकोटी परिवार घरभाडा तिर्न नसकेर तीन महिनादेखि ट्याक्सीभित्रै बस्दै आएको थियो । ब्लेडको सहायताले कसरी आत्महत्या गर्ने भनेर बाबुछोरामाझ सल्लाह हुन्छ । त्यही सल्लाहअनुसार आत्महत्या गर्न तम्सिएका छोरा घाइते अवस्थामा फर्पिङमा भेटिए । छोरी कालोपुलमा ट्याक्सीभित्रै बसेको अवस्थामा भेटिए । पूरै परिवार डिप्रेसनमा । पत्नी आठ वर्षअघि नै अन्तै विवाह गरेकी रहिछन् । यो घटनामा नेपालको दारूण चित्र देखा पर्दछ ।

https://www.ratopati.com/story/427943/dead-body-found- 

https://swarachitkahaniyanaloksinha.blogspot.com/2020/12/?m=0

---------------------------

इज्जत भत्किएको दिन

म काठमाण्डौ भित्रिएको कुनै इच्छाले होइन । बाध्यताले हो ।

-------------------

यस्तो कथा लेख्नै नपरे हुन्थ्यो 

दिदीको कथा

म वल्लो कोठामा छु

भानिजलाई दूध ख्वाउन उठाउन सकिनन् ।

पल्लो कोठामा आमासँग गुनमुन गुनमुन कुरा गरिरहेकी छन्

---------------------------------





 ----------------------------------

दुइजना युवा गाउँबाट सहर आए

एउटाले नगर प्रहरीमा जागिर पायो

एउटा सडकमा फुटपाथ पसल सुरु गऱ्यो

एउटा ज्याकेट मन पराएको थियो

प्रहरीले सडकमा कारवाही गर्दा एउटा साथीको फुटपाथ पसल कब्जा गऱ्यो ।

त्यो ज्याकेट उसले देख्यो ।


---------------------------------





----------------------------------

---------------------------------





----------------------------------

---------------------------------





----------------------------------


No comments:

Post a Comment