आजको दिन आदरणीय डिल्लीजङ्ग गुरुङसँग ।
------------------------------------- "आज एकजना मानिससँग भेट्न लैजान्छु ।" २०४४ सालको कुनै महिना उहाँले खड्ग गुरुङ र मलाई भन्नुभयो र दिउँसो हामीलाई लिएर पाटन मंगलबजारस्थित काइँला बाकाे घर पुर्याउनुभयो । "मेरो नाम रामबहादुर हो" एकजना सैनिक ड्रेसजस्तो लाग्ने पहिरन लगाएको मान्छेले हामीसँग परिचय गर्दै देशको अवस्था र हामीले गर्नुपर्ने कर्तव्यका बारेमा लामो छलफल गर्नुभयो । उहाँको कुरा सुनेपछि हामीलाई लाग्दै गयो - 'उहाँ पक्कै सामान्य मान्छे होइन ।'
खड्गजी र मैले डिल्लिजङ्ग दाइले नसुन्ने गरी बाटामा कानेखुसी गर्यौ । " कतै रामबहादुर भन्ने मान्छे निर्मल लामा त होइन " त्यसपछिका थुप्रै भेटघाटबाट हाम्रो अनुमान सही साबित भयो ।
==================०४६ सालको आन्दोलन सकिएको थियो । डिल्लीजङ्ग दाइले भन्नुभयो । - "निर्मल लामाले तपाईंलाई लिएर आउनुस भन्नुभएको छ । डिल्लिजङ दाइसँग म एकाविहानै म्हेपी पुगेँ । विहान चिया खानेवित्तिकै लामा दाइले हामीलाई लिएर क्षेत्रपाटीस्थित गणेशमान सिंहको निवास लग्नुभयो । करिब चारपाँच घण्टाको बसाईमा गणेशमान सिंह र लामादाइका महत्त्वपूर्ण छलफल सुन्ने मौका प्राप्त भयो । त्यसदिनको खाना हामीले गणेशमान सिंहको भान्सामा खायौं । त्यसपछि लामादाइले हामीलाई डा. बाबुराम भट्टराईको निवास रक्तकाली लिएर आउनुभयो ।
==================== हाल डिल्लीजङ दाइ मनाङ जिल्लाको धारापानीमा बस्नुहुन्छ । ८४ वर्षको यस उमेरमा पनि दाइ तमु (गुरुङ) भाषा, साहित्य र संस्कृति सम्बन्धी अनुसन्धान कार्यमा व्यस्त हुनुहुन्छ । यससँग सम्बन्धित उहाँका डेढ दर्जन पुस्तक प्रकाशित छ्न । यही एकमहिनाभित्रै उहाँका दुई कृति बजारमा आउँदै छन् ।=======================
हाल डिल्लीजङ दाइ मनाङ जिल्लाको धारापानीमा बस्नुहुन्छ । ८४ वर्षको यस उमेरमा पनि दाइ तमु (गुरुङ) भाषा, साहित्य र संस्कृति सम्बन्धी अनुसन्धान कार्यमा व्यस्त हुनुहुन्छ । यससँग सम्बन्धित उहाँका डेढ दर्जन पुस्तक प्रकाशित छ्न । यही एकमहिनाभित्रै उहाँका दुई कृति बजारमा आउँदै छन् ।
=======================
=======================================
अतीतको सम्झना - १
मेरो पहिलो प्रकाशित कविता 'सूर्य उदाउ अब' यसरी छापियो
लेख्न थालेको झण्डै १० वर्षै हुन थालेको थियो । ०३६ सालमा भानुभक्त मा.वि. पानीपोखरीमा पढ्दा 'भानुभक्तको सम्झना' शिर्षकको छन्दोबद्ध कविता लेखेर उपत्यकाव्यापि प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेको थिएँ । बिराटनगरमा पढ्न गएपछि त निकै कविता लेखें । बिराटनगरका साहित्यिक कार्यक्रममा कविता बाचन गर्न प्राय छुट्दिनथिएँ । त्यसपछि काठ्मान्डु आएँ । त्यसबेलासम्म मेरो कविता कतै पनि प्रकाशन भएको थिएन ।२०४४ सालतिर डिल्लीबजारमा बस्दा ओल्लोपल्लो डेरामा बस्ने एकजना मोरङतिरका नेत्र प्रसाद आचार्य भन्ने साथी थिए । उनी त्यसबेलाको अत्यन्तै लोकप्रिय पत्रिका 'समीक्षा' साप्ताहिकमा काम गर्थे । एक साँझ कुरैकुराको शिलशिलामा उनले 'समीक्षा' साप्ताहिकमा कविताहरु पनि छापिने हुनाले सम्पादकलाई भेटेर कविता दिन आग्रह गरे । उनकै सल्लाहबमोजिम उनीसंगै 'समीक्षा' साप्ताहिकको कार्यालय कालिकास्थान गएँ । नेत्रजीले पत्रिकाको कार्यालयको ढोकाबाट भित्र पस्नेबित्तिकै टाढैबाट पल्लो कोठामा उभिएर केही पढ्दै गरेका सम्पादक विनोदमणि दीक्षितलाई देखाईदिए । ढोकाको छेउको एउटा कुर्सीमा एकजना पाको उमेरको मानिस थिए । म तिनै पाको उमेरको मानिसलाई छिचोलेर सम्पादक विनोदमणि दीक्षितलाई कविता दिन अघिमात्र के सरेको थिएँ , तिनै पाको मानिसले खै ! के हो भनेर मेरो हातको कागज मागे । मैले दिनेबित्तिकै उनले पढे र यो कविता यही अङ्कमा छापिन्छ, अरु पनि लेखेर ल्याउनु भने । पछि नेत्रजीबाट थाहा भयो तिनै मान्छे रहेछन - मदनमणि दीक्षित । मेरो पहिलो कविता 'सूर्य उदाउ अब' यसरी छापियो । त्यसपछि मेरा निकै कविताहरु 'समीक्षा' साप्ताहिकमा छापिए ।
=====================================
लेख्न थालेको झण्डै १० वर्षै हुन थालेको थियो । ०३६ सालमा भानुभक्त मा.वि. पानीपोखरीमा पढ्दा 'भानुभक्तको सम्झना' शिर्षकको छन्दोबद्ध कविता लेखेर उपत्यकाव्यापि प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेको थिएँ । बिराटनगरमा पढ्न गएपछि त निकै कविता लेखें । बिराटनगरका साहित्यिक कार्यक्रममा कविता बाचन गर्न प्राय छुट्दिनथिएँ । त्यसपछि काठ्मान्डु आएँ । त्यसबेलासम्म मेरो कविता कतै पनि प्रकाशन भएको थिएन ।२०४४ सालतिर डिल्लीबजारमा बस्दा ओल्लोपल्लो डेरामा बस्ने एकजना मोरङतिरका नेत्र प्रसाद आचार्य भन्ने साथी थिए । उनी त्यसबेलाको अत्यन्तै लोकप्रिय पत्रिका 'समीक्षा' साप्ताहिकमा काम गर्थे । एक साँझ कुरैकुराको शिलशिलामा उनले 'समीक्षा' साप्ताहिकमा कविताहरु पनि छापिने हुनाले सम्पादकलाई भेटेर कविता दिन आग्रह गरे । उनकै सल्लाहबमोजिम उनीसंगै 'समीक्षा' साप्ताहिकको कार्यालय कालिकास्थान गएँ । नेत्रजीले पत्रिकाको कार्यालयको ढोकाबाट भित्र पस्नेबित्तिकै टाढैबाट पल्लो कोठामा उभिएर केही पढ्दै गरेका सम्पादक विनोदमणि दीक्षितलाई देखाईदिए । ढोकाको छेउको एउटा कुर्सीमा एकजना पाको उमेरको मानिस थिए । म तिनै पाको उमेरको मानिसलाई छिचोलेर सम्पादक विनोदमणि दीक्षितलाई कविता दिन अघिमात्र के सरेको थिएँ , तिनै पाको मानिसले खै ! के हो भनेर मेरो हातको कागज मागे । मैले दिनेबित्तिकै उनले पढे र यो कविता यही अङ्कमा छापिन्छ, अरु पनि लेखेर ल्याउनु भने । पछि नेत्रजीबाट थाहा भयो तिनै मान्छे रहेछन - मदनमणि दीक्षित । मेरो पहिलो कविता 'सूर्य उदाउ अब' यसरी छापियो । त्यसपछि मेरा निकै कविताहरु 'समीक्षा' साप्ताहिकमा छापिए ।
=====================================
शक्ति दाइको त्यो घर
२००८ साल देखि नेपालको कम्युनिस्ट आन्दोलन र प्रगतिवादी साहित्य एवम् पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शक्ति लम्साल दाइ विगत ७ वर्ष देखि बिरामीका कारण ओछ्यानमा हुनुहुन्छ । भूकम्पले क्षतिग्रस्त उहाँको घर भत्काउन एकदिन चण्डोल पुगेका थियोे । शक्ति दाइसङ्ग म करिब डेढ महिना एउटै ओछ्यानमा ०४६ सालको जनआन्दोलनताका केन्द्रीय कारागारमा बसेको थिएँ । त्यसबेला उहाँ हाम्रो अबिभावक जस्तै हुनुहुन्थ्यो । त्यसबेला उहाँलाई भातको माम्री खुबै मन पर्थ्यो । मेषमा गएर म उहाँलाई उहाँकै आग्रहमा म माम्रीको व्यवस्था मिलाइदिन्थे । यो कुरा भाउजूलाई सुनाइदिएको मात्र के थिएँ , त्यसदिन भाउजू भावुक बन्नुभयो । यस्तो योद्धाको अवस्था देख्दा पीडित हुन शिवाय म सङ्ग अर्को उपाय पनि थिएन । उहाँको त्यो ऐतिहासिक घर, जुन घरमा नेपाली काङ्ग्रेसका विद्वान नेता नरहरि आचार्यको पनि जन्म भएको थियो । शक्ति दाइको सहयोगका लागि भूकम्पले क्षतिग्रस्त बनाएको त्यो घर भत्काउन हामी त्यसदिन बाध्य थियौं ।
=================================
नेपाल साहित्यिक पत्रकार सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन गर्ने तयारीमा थियौं । पैसाको निकै अभाव थियो । रोचक दाइ (घिमिरे), मोहन दाइ (दुवाल), म लगायत हामी तीन, चार जनाको टोली चन्दा उठाउने जिम्मेवारीमा पर्यौं । एक दिन हिड्ने योजना पनि बनायाैं । त्यसदिन बीसहजार जम्मा गर्ने हाम्रो योजना थियो । केही प्रकाशक संस्था र सहयोगी मित्रहरूकहाँ गयौं, चौध हजारदेखि माथी पुर्याउन सकिएन । मोहन दाइ वा कसैले भन्नुभयो - अब कमलमणिकहाँ जाउँ । उहाँकोमा गयौं । हामीले भेट्न आएको बिषय सुनाउने बित्तिकै कमलमणिले ' रोचकजीले जति भन्नुभयो म त्यति दिन्छु ' भन्नुभयो । रोचक दाइ एकछिन अक्मकिनुभयो र भन्नुभयो - ' छ हजार '। त्यो दिन त्यसरी हामीले बीसहजार उठायाैं ।
केही महिना अघि डा. लक्ष्मण प्रसाद गौतमको लघुकथा सम्बन्धी एउटा सैद्धान्तिक पुस्तकको विमोचन समारोहमा भेट भएको थियो । मञ्चमै उहाँले तपाईंलाई खिर खाने निम्तो गर्छु है, आउनुहोला भन्नुभयो । तर त्यो निम्तो आएन । एकै चोटी २०७३ साल पुस १४ गते बिहान दुखद खबर आयो।
==================================
२०७० साल असोज १८ गते रमेश विकलको प्रसिद्ध उपन्यास "अविरल बग्दछ ईन्द्रावती" को आधारभूमी ईन्द्रावती नदी किनारको माझीगाऊ पुग्ने अवसर मिल्यो।
=====================================
काईला बा सँग मैले भेटेको पनि २४ बर्ष भईसकेछ । २०४४ सालको अन्ततिर तमु भाषाका भाषाबिद डिल्लीजङ गुरुङ्ले एक जना मनिस सँग भेट गराउछु भनेर काईला बाको घर पाटनको मंगलबजार पुर्याउनु भएको थियो । त्यस दिन डिल्लीजङ गुरुङ्ले भेट गराउनु भएको मान्छेलाई हामीले राम बहादुर दाई भनेर मात्र चिनेका थियौ। केही दिन पछी थाहा भयो - राम बहादुर दाई भनेको मान्छे निर्मल लामा हुनुहुदो रहेछ। त्यो दिन काईला बा र राम बहादुर उर्फ निर्मल लामालाई मैले एकैदिन भेटेको थिए ।
त्यसबेला SLC दिन गाईघाट जानुपर्थ्यो । बुवाले खर्च दिएर साइला तिम्सिनालाई पठाउनुभयो ।
=====================================================
===================================================
=========================================
इश्वर हमाल सर पछि बुवाले अर्को एकजना मास्टर खोजेर ल्याउनुभयो । नाताले उनि मेरा भतिज पर्थे ।
बिहान देखि बेलुका नभनी चिना लेख्नुपर्ने तर पैसा लिन नपाइने । दिक्क लाग्थ्यो।
=========================================
===========================================
===========================================
==================================
२०७० साल असोज १८ गते रमेश विकलको प्रसिद्ध उपन्यास "अविरल बग्दछ ईन्द्रावती" को आधारभूमी ईन्द्रावती नदी किनारको माझीगाऊ पुग्ने अवसर मिल्यो।
=====================================
काईला बा सँग मैले भेटेको पनि २४ बर्ष भईसकेछ । २०४४ सालको अन्ततिर तमु भाषाका भाषाबिद डिल्लीजङ गुरुङ्ले एक जना मनिस सँग भेट गराउछु भनेर काईला बाको घर पाटनको मंगलबजार पुर्याउनु भएको थियो । त्यस दिन डिल्लीजङ गुरुङ्ले भेट गराउनु भएको मान्छेलाई हामीले राम बहादुर दाई भनेर मात्र चिनेका थियौ। केही दिन पछी थाहा भयो - राम बहादुर दाई भनेको मान्छे निर्मल लामा हुनुहुदो रहेछ। त्यो दिन काईला बा र राम बहादुर उर्फ निर्मल लामालाई मैले एकैदिन भेटेको थिए ।
अतीतको सम्झना - २
एकैचोटी तिन कक्षामा पढेको मात्र याद छ । तीन , चार र पाँच कक्षा तिन वर्ष । एक र दुई कक्षा शायद घरमै तराई तिरबाट ल्याइएका 'काइते' भनिने सरहरूले पढाउनु भयो । घरमा अरु सरहरू पनि बस्नुहुन्थ्यो । हमाल सरहरूको खुबै सम्झना आउछ । तर यो बिद्यालयमा पढेका तिन वर्षका धेरै सम्झनाहरू छन् । कहिलेकाहीं सम्झंदासम्झंदै भावुक हुन्छु म । त्यसबेला बिद्यालय भवन यस्ता थिएनन । डेस्क , बेन्चहरू पनि थिएनन् । धुलौटो भुइँमैं बसेर ज्ञानको प्रथम यात्रा सुरु गरियो । टिफिन भएपछि पानी खान २० मिनेट तलको पँधेरामा दौडदै गयो । प्यास मेटाइसकेपछि पानीको कुवाभित्रैबाट कमेरो माटो झिकेर सिसीमा हाल्यो र भोलि पल्टसम्मलाई मसीको जोहो गर्यो । घरबाट टिफिन लाने कुनै चलनै थिएन । त्यो छेउमा देखिएको पिपलको रूखमा पिपल पाकेका बखत हाम्रा सत्र पल्टन्थे । गुरुहरूले रूखमा चढेर हाँगा हल्लाई दिनुहुन्थ्यो र लुछाचुडी गर्दै तल पाकेका पिपलका दाना खान्थ्यौ । हाम्रो टिफिनका लागि कहिले जंगलभरि ऐसेलु पाक्थे । सम्झनाका बिस्कुनहरू फिजाउन धेरै समय लाग्छ ।
अतीतको सम्झना - ३
त्यसबेला SLC दिन गाईघाट जानुपर्थ्यो । बुवाले खर्च दिएर साइला तिम्सिनालाई पठाउनुभयो ।
=====================================================
काम त धेरै अग्रजहरुसँग गर्ने अवसर पाएँ मैले । तर केही अग्रजहरु मनभित्र बस्न साँच्चै सफल हुनुभयो ।मनभित्र बस्न साँच्चै सफल एकजना वरिष्ठ स्रष्टा आनन्ददेव भट्टसँगको एउटा रोचक संस्मरण सम्झना आइरहन्छ ।
वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट प्रगतिशील लेखक सङ्घको अध्यक्ष हुँदा म कोषाध्यक्ष थिएँ । शंकटकालको समय थियो । पूर्ण विराम, नवीन विभास लगायतका साहित्यकारहरुलाई राज्यले बेपत्ता बनाएको थियो । उहाँहरुको रिहाइका लागि प्रलेसले पत्रकार सम्मेलन गरेपछि तत्कालीन प्रलेस केन्द्रीय कार्यालय डिल्लिबजारमा एउटा गुप्तचरले निरन्तर निगरानी गर्नथाल्यो । हामी कार्यालय खोल्न पुग्नेबित्तिकै त्यो गुप्तचर माथ्लोतलाको कार्यालय कोठा अघिल्तिर आइपुग्थ्यो । त्यसबेलाको कार्यालयमा नियमित रूपमा प्रायजसो भट्टसर सँगै उपाध्यक्ष रुद्र खरेल , सचिव रमेश भट्टराई र म हुन्थ्याैं । भट्टसर चिया मगाउदा त्यो गुप्तचरलाई पनि 'ल आउनुस चिया खाउँ भाइ' भनेर बोलाउनुहुन्थ्यो । सारै अफ्ट्यारो मानेर उ कोठाभित्र पसेर चिया खान्थ्यो । दुई तीन पटक खाएपछि हाम्रो कोठामा पसेर चिया खान धेरै अफ्ट्यारो लागेछ उसलाई , त्यसपछि हाम्रो कोठा अघिल्तिर बस्नै छाडिदियो र तलैतिर कतै बसेर हाम्रो निगरानी गर्न थाल्यो ऊ ।
उहाँसँगका केही संस्मरण छन् यस्तैयस्तै । धेरैपछि हिजो एउटा साहित्यिक कार्यक्रममा भेट भयो उहाँसँग । उहाँको दीर्घ सुस्वास्थको कामना गर्दछु ।
===================================================
' दाइ, यो त दूध र चिनी भएको चिया हो तपाईं खानुहुन्छ र ? ' २०७४ साल असार १० गते वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको ७६ अाैं जन्मदिनको शुभकामना आदानप्रदानको अवसरमा आयोजित एक कार्यक्रममा मैले वरिष्ठ संस्कृतिविद ९८ वर्षीय सत्यमोहन जोशीज्यूलाई सोधेको थिएँ । उहाँले हाँस्दै भन्नुभयो - 'म त दूध र चिनी भएको चियामात्रै हो र मजाले जेरी स्वारी र खसीको मासु पनि खाइदिन्छु ।'
इश्वर हमाल सर पछि बुवाले अर्को एकजना मास्टर खोजेर ल्याउनुभयो । नाताले उनि मेरा भतिज पर्थे ।
बिहान देखि बेलुका नभनी चिना लेख्नुपर्ने तर पैसा लिन नपाइने । दिक्क लाग्थ्यो।
=========================================
घरमा National Panasonik रेडियो थियो । बिदाको समयमा गाई वस्तु हेर्न जंगल जाँदा त्यही रेडियो कसैलाई थाहा नदिइकन लिएर गयो, अनि गीत सुन्यो । पन्नाकाजीको ' तिरिरी मुरली बज्यो बनैमा ' औधी मन पर्थ्यो । २०७३ माघ १२ गते मेरा प्रिय गीतकार पन्नाकाजीको निधन भयो । मलाई उनको निधन पछि बनडाँडा , काँसटार , सेताढुङ्गा, गढिथुम्को , साउने आदिको खुबै सम्झना आयो ।
===========================================
'धुवाँ' कथाको आधारभूमि
यो कथाको आधारभूमि उदयपुरका कांग्रेसका संस्थापक नेता गम्भीर बहादुर थापा हुन् । उनी पछिल्लो समयमा जोगी भए । एकपटक कांग्रेस नेता कृष्ण प्रसाद भट्टराईले कतै अन्तर्वार्तामा भनेका थिए " मेरो साथी जोगी भएछ , मलाई पनि हुन मन छ। " उनले यो कुरा गम्भीर बहादुर थापाकै प्रसङ्गमा भनेका थिए । एक पटक गम्भीर बहादुर थापा म सानै हुँदाखेरि राष्ट्रिय पंचायतका पूर्व सदश्य हाम्रा काका भैरवी प्रसाद पोखरेलसँग हाम्रो घर थामखर्क पुगेका थिए , जोगीकै भेषमा । जोगीलाई श्रद्धाका साथ घरमा खानपिन गराएकोमा हामी केटाकेटीहरु अचम्मित थियौं । उनको व्यक्तित्वको बारेमा हामीलाई थाहा थिएन । उनलाई सुत्ने व्यबस्था पनि धेरै प्रतिष्ठित पाहुनालाईझैँ गरिएको थियो । हामी सुत्ने ठाउँ घर छेउकै धनसारमा गरिएको थियो । कोठाको एकातिर भैरवी काका र म सुतेका थियौ भने अर्कोतिर गम्भीर बहादुर थापा सुतेका थिए। बिहानै हामीलाई थाहा नदिइकन गम्भीर बहादुर थापा आफ्नो बाटो लागे । तर उनले त्यसदिन गोठमा गएर पाडाबाछाहरु सबै छाडिदिएछन। उनको विचारनै त्यस्तो रहेछ - " त्यसरी दुध खानु पाडाबाछाहरुलाई शोषण गर्नु हो। " कसैको घरमा जाँदा काम नगरी खानुहुँदैन भन्थे उनि । काम नगरी खाने काम जुकाको हो भन्थे उनी । तिनै महान् पात्रलाई मैले आख्यानिकरण गरेको हुँ , यस कथामा । मलाई लाग्छ - उनी ढोंगी र बेइमान थिएनन् । उनी साँच्चैका समाजबादी थिए तर काल्पनिक समाजवादी ।
===========================================
२५ वर्ष पहिले ललितपुरको मंगलबजारमा । पछिल्तिर नेपाली कम्युनिष्ट आन्दोलनका शिखर व्यक्तित्वहरु कमरेड निर्मल लामा र दिलबहादुर श्रेष्ठ हुनुहुन्छ । साथमा तत्कालीन अखिल नेपाल जनवादी युवा लिगका महासचिव सुरेश नेउपाने हुनुहुन्छ ।
==================================================
कलकत्ता जाने ट्रेन छुटेका कारण नेपाल कम्युनिस्ट पार्टिको संस्थापक सदस्यमा नाम दरिनबाट छुट्नु भएका बिख्यात बामपन्थी नेता देवेन्द्रलाल श्रेष्ठ (काईला बा) को हिजो ८९ बर्षको उमेरमा निधन भयो। काईला बा सँग मैले भेटेको पनि २४ बर्ष भईसकेछ । २०४४ सालको अन्ततिर तमु भाषाका भाषाबिद डिल्लीजङ गुरुङ्ले एक जना मनिस सँग भेट गराउछु भनेर काईला बाको घर पाटनको मंगलबजार पुर्याउनु भएको थियो । त्यस दिन डिल्लीजङ गुरुङ्ले भेट गराउनु भएको मान्छेलाई हामीले राम बहादुर दाई भनेर मात्र चिनेका थियौ। केही दिन पछी थाहा भयो - राम बहादुर दाई भनेको मान्छे निर्मल लामा हुनुहुदो रहेछ। त्यो दिन काईला बा र राम बहादुर उर्फ निर्मल लामालाई मैले एकैदिन भेटेको थिए । आज यो घटनाको मलाई एकैसाथ सम्झना भईरहेको छ। देवेन्द्रलाल श्रेष्ठ (काईला बा) लाई हार्दिक श्रद्दान्जली ।
अतीतको सम्झना - ४
करिब हप्तादिनदेखीको यातनाका कारण शरीर पुरै सुनिएको थियो । २०४६ सालको जनआन्दोलनमा म लगायत केही साथीहरू ट्राफिक प्रहरीको केन्द्रीय कार्यालयमा राखिएका थियौं । त्यसबेला त्यही कष्टडीमा शक्ति लम्साल, गणेश पण्डित, जयप्रकाश आनन्द पनि हुनुहुन्थ्यो । एकदिन राती १२ बजेतिर प्रहरीहरू उठाउन आए । अनेकौं शंका गर्दै उनीहरुले भनेको ठाउँतिर गयौं । दौरासुरुवाल र कोटमा सजिएको एउटा डल्लोडल्लो मानिसका अघिल्तिर पुर्याइएँ म । झण्डैझण्डै यातना दिने पुलिसकै जस्तो मौखिक व्यबहार देखाउँदै 'तँ कुनचाहिँ महामानव परिस' भन्दै मतिर टमाटरजस्ता अाँखा चम्काए ।
त्यही रात हामीलाई केन्द्रीय कारागार चलान गरियो ।
तिनै रहेछन् तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी केशवराज राज भण्डारी । पछि सचिव र निर्वाचन आयोगका प्रमुख पनि बने क्यारे ! केही समय अघि उनैले लेखेको किताब 'भजन र सङ्गीतमा जीवन' भन्ने किताब उपहार पठाइदिए । अवकाश पछि राम्रै काममा लागेछन भन्ने लाग्यो ।
को थिए र कहाँका हुन् आफ्नो औंलो गुमाउने टंकनाथ पोखरेल ?
"भाइ, म ती टंकनाथ पोखरेलको खोजी गर्दैछु । त्यसपछि तपाईं र म जानुपर्छ ।"
सायद दाहाल यज्ञनिधि दाइसँगकाे यो मेरो पछिल्लो सम्वाद हुनुपर्छ । तिनै टंकनाथ पोखरेलले सहिद गेटमा राजा त्रिभुवनको सालिक मुन्तिर अपमानित ढंगले चारजना सहिदहरूको सालिक राखिएको कुराको औंलो देखाएर बिरोध गर्दा सजायस्वरूप निरङ्कुश सत्ताले उनको एउटा औंलो काटिदिएको रहेछ ।
०६२/६३ को आन्दोलनपछिका तीन वर्ष मेरो ५८ सालमा लेखिएको त्यही सहिद गेटमा राजा त्रिभुवनको सालिक राखिएको प्रसङ्गमा लेखिएको 'एउटा पुजारीको आत्मव्यथा' शिर्षकको कविता उहाँकै नेतृत्वमा वाचन गरेर सहिद गेटमा गएर सहिद दिवस मनायौ । त्यसपछि उहाँको स्वास्थको कारण सहिद गेटमा गएर सहिद दिवस मनाउने कार्यक्रम बन्द भयो । त्यसबेला त्यो कार्यक्रमको सभापति उहाँनै हुनुहुन्थ्यो । कार्यक्रमको अन्तमा बोल्दा उहाँले औंलो गुमाउने टंकनाथ पोखरेलको चर्चा बारम्बार गर्नुहुन्थ्यो ।
तर यो प्रश्नको उत्तर खोजी गर्ने जिम्मा हामीलाई छाडेर दाहाल यज्ञनिधि दाइ भरखरैमात्र बितेर जानुभयो । को थिए र कहाँका हुन् आफ्नो औंलो गुमाउने टंकनाथ पोखरेल ?
दाहाल यज्ञनिधि दाइको संयोजनमा सहिद दिवसका दिन सहिद गेटमा गएर वाचन गरिने मेरो कविता । यसै कवितामार्फत दाहाल यज्ञनिधि दाइलाई पुनः श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
------------------
एउटा पुजारीको आत्मव्यथा
- मातृका पोखरेल
म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।
०००
भविष्यका निम्ति मर्नेहरूको सम्मानमा
वनफूल बोकेर
सैलुङ लेकको नागी चढ्न तयार छु
तर घृणा लाग्ने इतिहासलाई
म मालाले सजाउन चाहन्नँ
अब शहीदको पूजा गर्न
शहीदगेट नआए पनि हुन्छ
अब हाम्रै गाउँका नागीहरूमा
शहीदगेट बनाए हुन्छ
फेरि मैले सपना देखिरहेको छु
शहीदहरूको टाउको माथि
फेरि कुनै रात
इदी अमिनहरू
सिंहासन बनाउने योजना कोरिरहेका छन्
म शहीदगेटको एउटा पीडित पुजारी
०००
अझै घोडा चढेर
आक्रोशित मुद्रामा
शहिदगेटका सालिकहरूलाई
जंगबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन्
प्रत्येक रात टुँडिखेलमा
मेरो आस्था कुल्चने योजनाको
बैठक चल्छ
बैठकको एउटा दृश्यमा
नरशमशेरले औंला ठड्याएको
मैले धेरैपटक देखेको छु
अब मैले बनाउनुपर्छ
हतियार बोकेर उभिएको
शहीदको नयाँ शालिक
र, राख्नुपर्छ
धरहराको उचाइमा
या आफ्नै गाउँका नागीहरूमा
म शहीदगेटको एउटा पीडित पुजारी ।
०
www.facebook.com बाट
ए, नेता मन्त्रीहरू हो ! यी असल बुढा मान्छेको कुरामा ध्यान देउ है !
श्रीमद् भगवद्गीतामा एउटा चर्चित श्लोक छ । -
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
अहिलेको समयम यो श्लोकको उपादेयता र प्रासंगिकताका बारेमा हामी धेरै वाद/विवाद गर्नसक्छौं ।श्रीमद् भगवद्गीताको यो श्लोकसँग मेल खाने हाम्रो समाज अझै केही यस्ता मानिसहरू पनि बाँकी छन् । २०२८ सालमा बनारसबाट आचार्य पास गरेर कमरेड पुष्पलालको संगतबाट कम्युनिस्ट भएका जगन्नाथ आचार्यलाई भेट्दा मलाई प्रायः श्रीमद् भगवद्गीताको त्यो श्लोकको सम्झना आउँछ ।
काठमाडौं आउँदा जगन्नाथ दाइसँग कहिलेकाहीँ भेट हुन्छ । प्रायः भेटमा उहाँ व्यक्तिगत कुरा कहिल्यै गर्नुहुन्न । प्रगतिशील लेखक संघले गर्नुपर्ने कामका केही सुझाव दिनुहुन्छ । उहाँलाई भेटेपछि मलाई केही नयाँ उत्साह पैदा भएको बोध हुन्छ ।
हिजोका पुराना साथीहरू भएको नाताले काठमाडौं आएको बेलामा उहाँ केही मन्त्री र नेताहरूलाई भेट्नुहुन्छ । तर, व्यक्तिगत आवश्यकताका कुरा कहिल्यै गर्नुहुन्न । समाजको हितकै बारेमा सल्लाह दिनुहुन्छ ।
"म यी हाम्रा मन्त्री, नेताहरूको चालचलन र व्यबहार देख्दा 'समाजवाद'को कुरा फगत गफ मात्रै लाग्न थालेको छ ।"
कहिल्यै निरासाको कुरा नगर्ने जगन्नाथ दाइले हिजो मेरो कार्यकक्षमा आएर यस्तो कुरा गर्नुभयो ।
ए, नेता मन्त्रीहरू हो ! यी असल बुढा मान्छेको कुरामा ध्यान देउ है !
-----------------------------------=============================================---===== त्यस्तै दुईजना महत्त्वपूर्ण व्यक्तिको सम्झना छ म सँग गाउँमा । योगी नरहरीनाथ र पूर्णप्रकाश यात्रीको । सानै भएकोले उहाँहरूको महत्त्व त्यसबेला बुझिन । योगी नरहरीनाथले बुवालाई 'नन्दलालजी ' भनेर सम्बोधन गर्नुहुन्थ्यो । बुवालाई जी भनेर सम्बोधन गर्ने मैले थाहा पाउँदा त्यो भेगमा कोही पनि थिएनन् । मन्त्री भएका डिल्लीसेर राई पनि कान्छा मुखिया भनेर बुवालाई हातमै ढोगिदिन्थे । मलाई सानैमा बुवालाई जी भन्ने मान्छे पहिलो पटक देखेकोमा अचम्म लाग्थ्यो । पूर्णप्रकाशलाई बुबाको आदेश अनुसार गैह्रीगाउँ सम्म पुर्याएको छु ।
No comments:
Post a Comment