Thursday, November 9, 2023

खाडल

 खाडल


इतिहासका फोहोरहरू फाल्नै पर्थ्यो



खाडल त खनेछु

नगाड्नु पर्ने केही कुरा पनि गाडेछु

गाड्नु पर्ने केही  कुरा पनि छाडेछु


यस्तै हुने रहेछ

बुझ्दै जाँदा


नगाड्नु पर्ने कुरा नपुरियून

गाड्नु पर्ने कुरा नछुटुन

खाल्डो खन्नु अघि

धेरै कुरा सोच्नु पर्ने रहेछ


म पछि पनि मानिसहरूले 

इतिहासका फोहोरहरू 

खाडलमा गाडिरहने छन् 

No comments:

Post a Comment