Thursday, July 4, 2024

अतीतको सम्झना - २

 अब गाउँ गाउँ जस्तो छैन ।

मेरो पृष्ठभूमिलाई धेरैले जस्तो गौरवशाली त म मान्दिन ।

दास युगको कथा सुनाउने साहिंली फुपू

बाल्यकालको मेरो महत्वपूर्ण हिस्सा फुपूको सानिध्यतामा बित्यो । फुपूसँगको सानिध्यताले मेरो जीवनमा प्रसस्तै  सकारात्मक भूमिका खेल्यो । मेरो इतिहास प्रतिको चासो  निर्माण गर्न फुपूको ठुलो भूमिका रह्‌यो ।  अहिले सोच्दा लाग्छ - म भित्र इतिहास चेतना हुर्काउन फुपूको महत्वपूर्ण भूमिका थियो । फुपूबाट मैले थोरैतिनो भए पनि संस्कृति सिकें । सभ्यता सिकें । वंशावलीप्रतिको मेरो रुची हुर्काइदिने काम फुपूले नै गर्नुभयो ।

फुपू राणाशासनको यौवनकाल अर्थात् चन्द्र शमशेरको शासनकालको आरम्भमैं जन्मनुभएको थियो ।
वि.सं. १९६१ चैत्र महिनामा अर्थात झण्डै सवासय वर्ष अघि ।  फुपूको जुराएको नाम धनमाया रहेछ । श्री ५ पृथ्वी वीरविक्रम शाह राजा थिए फुपू जन्मिंदा ।

कसै कसैले सोध्थे फुपूलाई दास युगको कुरा । हामी केटाकेटीहरू फुपूको अनुहार हेर्थ्यौ ।

मान्छे किनेको कथा

"झमक्कै साँझ परेको थियो ।   पिताजीले  दुईजना मानिस लिएर आउनु भयो ।" फुपूले हजुरबाले दुईजना दास किनेर ल्याएको घटना  सुनाउँदा हामी तीनछक पर्थ्यौ । दास प्रथा उन्मुलन हुँदा फुपू बिस वर्षकी हुनुहुन्थ्यो ।

घरमा ठुलाठुला चक्ला मान्छे बस्न बनाइएका पिर्काहरू (पीरा) हुन्थे । त्यसैमा धुलो पिँधेर छिम्केर खस्रो माटो फालेर  मसिनो पारी  बाँसको एक आँख्ले आफैं निर्मित कलमले  लेख्न सिकियो । ज्ञान आर्जनका प्रारम्भिक साधन थिए ती हाम्रा । विद्यालय जान थालेपछि पाटीमा कमेरो माटोको मसीले लेख्न थालियो ।


तिमालको कथा

देविथानको कथा

मरुवा खोलाको कथा

परम्परागत जस्तो पनि आधुनिक जस्तो पनि लाग्ने । दोधारमा उभिएको जस्तो लाग्ने परिवार थियो हाम्रो ।

ठुलीआमा, आमा खुट्टाको पानी खानुहुन्थ्यो । थुप्रैपटक  ठुलीआमाले पठाउनुभएको दुनोको पानीमा बुवाको खुट्टाको बुढीऔंलो चोबेर लगिदिएको छु।

हाम्रो बाल्यकालमा  मनोरंजनका साधनहरु अहिलेजस्तो पर्याप्त थिएनन् । फेरि बालबच्चाहरुलाई महत्व दिने प्रचलन पनि अहिलेजस्तो थिएन । ठुला मानिसको अघिल्तिर बालबच्चाको उपस्थिति  अहिलेको समयको तुलनामा सम्मानपूर्ण हुँदैनथ्यो । हाम्रो बाल्यकालमा मनोरंजनका साधनहरू मानव निर्मित भन्दा प्राकृतिक

https://bikeshkabin14.blogspot.com/2024/02/blog-post_18.html?m=1

मैले कविता लेखनको यात्रामा कसरी पाइला राखेँ ? अहिले सम्झँदा पनि आफैंलाई रोचक लाग्छ । कविता र गीतको प्रभाव ममा सानै उमेरमा परेको  रहेछ भनेर अहिले आफैं आफ्नो मूल्याङ्कन गर्न पुग्छु ।

लेख्न थालेको झण्डै १० वर्षै हुन थालेको थियो । ०३६ सालमा भानुभक्त मा.वि. पानीपोखरीमा पढ्दा 'भानुभक्तको सम्झना' शिर्षकको छन्दोबद्ध कविता लेखेर उपत्यकाव्यापि प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेको थिएँ । बिराटनगरमा पढ्न गएपछि त निकै कविता लेखें । बिराटनगरका साहित्यिक कार्यक्रममा कविता बाचन गर्न प्राय छुट्दैनथिएँ । त्यसपछि काठ्मान्डु आएँ । त्यसबेलासम्म मेरो कविता कतै पनि प्रकाशन भएको थिएन ।२०४५ सालतिर  डिल्लीबजारमा बस्दा  ओल्लोपल्लो डेरामा बस्ने एकजना मोरङतिरका नेत्र प्रसाद आचार्य भन्ने साथी  थिए । उनी त्यसबेलाको अत्यन्तै लोकप्रिय पत्रिका  'समीक्षा' साप्ताहिकमा काम गर्थे । एक साँझ कुरैकुराको शिलशिलामा उनले  'समीक्षा' साप्ताहिकमा कविताहरु पनि छापिने हुनाले सम्पादकलाई भेटेर कविता दिन आग्रह गरे । उनकै सल्लाहबमोजिम उनीसंगै  'समीक्षा' साप्ताहिकको कार्यालय कालिकास्थान गएँ । नेत्रजीले पत्रिकाको कार्यालयको ढोकाबाट भित्र पस्नेबित्तिकै टाढैबाट पल्लो कोठामा उभिएर केही पढ्दै गरेका  सम्पादक  विनोदमणि दीक्षितलाई देखाईदिए । ढोकाको छेउको एउटा कुर्सीमा एकजना पाको उमेरको मानिस थिए । म तिनै पाको उमेरको मानिसलाई छिचोलेर  सम्पादक  विनोदमणि दीक्षितलाई कविता दिन अघिमात्र के सरेको थिएँ , तिनै पाको मानिसले "खै ! के हो ?" भनेर मेरो हातको कागज मागे । मैले दिनेबित्तिकै उनले पढे र यो कविता यही अङ्कमा छापिन्छ, अरु पनि लेखेर ल्याउनु भने । पछि नेत्रजीबाट  थाहा भयो उहाँनै हुनुहुँदाेे  रहेछ -  प्रसिद्ध साहित्यकार मदनमणि दीक्षित ।

मेरो पहिलो कविता 'सूर्य उदाउ अब' यसरी समीक्षा साप्ताहिकमा छापियो । त्यसपछि मदनमणि दीक्षितले मेरा चार पाँचवटा कविताहरु   'समीक्षा' साप्ताहिकमा प्रकाशन गरिदिनुभयो  ।

तीन वर्ष अगाडि प्रज्ञा - प्रतिष्ठानको एक कार्यक्रम सकेर  उहाँ र विनोद दीक्षित दाइलाई घरसम्म छाड्न आउँदा यो प्रसङ्ग सुनाएको थिएँ । विनोद दीक्षित दाइलेनै तपाईंको लेखन / प्रकाशनको सुरुवात समीक्षा साप्ताहिकबाट भएको कुराको म जानकार छु भन्नुभयो । त्यसैबेला समीक्षा साप्ताहिकबाट साहित्य यात्राको थालनी गर्ने नेपालका धेरै स्रष्टाको नाम लिनुभयो ।


https:/
/m.facebook.com/story.php?story_fbid=pfbid0XgvmQXxjV3qDusHdTm9Q8iEpusnNF6A4Dckd36GzwZbzVuJwRHuSCejzHvQ2sYFcl&id=1046781241&post_id=1046781241_pfbid0XgvmQXxjV3qDusHdTm9Q8iEpusnNF6A4Dckd36GzwZbzVuJwRHuSCejzHvQ2sYFcl&eav=AfaScIqQNE4MWdlqPG3hwfECRs4CCNNz1jyKiAVgkrsuEjZOZ5WimRGjeZaaoIR3jW8&m_entstream_source=permalink&paipv=0

योगी नरहरीनाथ
----------------------

पिताजीलाई 'जी' लगाएर सम्बोधन गर्ने मान्छे मैले थाहा पाउँदा कोही पनि थिएनन् । मन्त्री भइसकेका हरिबहादुर बस्नेत पनि गुरु भनेर सम्बोधन गर्थे । खोटाङबाट मन्त्री हुने डिल्लीशेर राई  कान्छा मुखिया भनेर सम्बोधन गर्थे र हातमैं ढोगिदिन्थे । एकपटक एकजना जोगी पुगे घरमा । तत्कालिन जिल्ला पंचायतका सभापति भक्तबहादुर ठकुरी मितबुवा भन्थे र हातमैं ढोगिदिन्थे ।

रामदुवाली खेल्ने चलन


बेसीको धान
-----------------
अनन्पाकी, सोखुदुधे, मसिनो

----------------------------------

पिताजीले एउटा मन्त्र सिकाउनु भएको थियो । आपत पर्दा भन्ने मन्त्र ।

बखतबहादुर /  १९९४ सालमा चन्द्रबीर

छोरी २ वटी

ट्याक्टिम

रूपशेर
खम्बशेर

------------------------------------
त्यसबेला राइघाटको पुल बन्न लाग्दै थियो । अहिलेको तुइम्बू गाउँ

डिल्लीशेर राईको सिरानी

फूलीको बाउ दाइको घर

सोह्र सराद सुरू भएपछि रातो माटो खोज्न जानुहुन्थ्यो गाउँका आमा र भाउजूहरू ।

दशैं तिहारका अवसरमा घर रंगरोगन गर्ने चलन हुन्थ्यो । रातो माटोले घर लिपेपछि दशैं आएको झल्को आउँथ्यो । आमा , साइँली भाउजू, तिम्सिनी भाउजू रातो माटो खोज्न हिंड्नु
हुन्थ्यो ।  

कति धार्नीको खसी भयो घरमा ? सबै जसोको एउटै प्रश्न हुन्थ्यो ।

सबैको घरमा रगतको पन्जा छाप लगाइएको हुन्थ्यो ।

तिहारमा थुम्कीमा द्वितिया बजार लाग्थ्यो । बजारमा जुवाका थुप्रै खालहरू हुन्थे ।

घरमा पिताजीले हरेक वर्ष दसैंको नवमीमा नौजना कन्या खोजेर पूजा गर्ने चलन थियो ।

चण्डीका पाना पल्टाउथें ।

धुम्बेको कथा

अब त संसारी पूजा गर्न पनि छाडेछन् मान्छेहरूले । कुन्ती मैतीलाई धुप नहाली हामीलाई खिर खान दिनु हुन्नथियो आमा ।
अब त कुन्ती र मैती पनि बिर्सिएछन ।

सातो गयो भन्थे र बोलाउँथे धामीहरू । अब ठिक भयो भन्थे । विश्वास थियो मान्छेहरूमा ।

आरम्भकालीन अवस्थाका  साहित्य - सन्ध्या , प्रतिभा - प्रवाहजस्ता कार्यक्रमहरु साहित्यका मेरा किशोरावस्थाका पाठशालाहरु थिए । उतिबेला कहिले आउला  साहित्य - सन्ध्या र प्रतिभा - प्रवाह भनेर यी  कार्यक्रममा कविता सुनाउन खुब  उद्देलित भएर पर्खनु पर्थ्यो ।

०००

पञ्चायतलाई उपयोग गरेर पञ्चायतको चिहान खन्ने तत्कालिन नेकपा (चौम) को नीति अनुसार कीर्तिपुर नगर पञ्चायतको शम्भु महर्जन प्रधानपञ्च हुनुहुन्थ्यो । तर पनि पञ्चायती व्यवस्थाले उहाँलाई वारम्बार गिरफ्तार गरिरहन्थ्यो । त्यसबेला प्रहरीको वाकीटकीको गुप्त सूचना रेडियोको फ्रिक्वेन्सीले टिप्थ्यो । हामी आन्दोलनको बेला  प्रहरीको गतिविधि बुझ्न रेडियोका त्यस्ता वेभहरू खुबै खोजी (search) गर्थ्यौँ । प्रहरीहरू आफ्नो हेडक्वार्टरमा सूचना गर्थे 'कीर्तिपुरमा आज हामीले धेरै महत्त्वपूर्ण मान्छेलाई गिरफ्तार गऱ्यौं ।' त्यसबेलाको त्यही महत्वपूर्ण मान्छे हुनुहुन्थ्यो शम्भु महर्जन ।

No comments:

Post a Comment