कविता
सपना देख्ने आँखा
- मातृका पोखरेल
कहिलेकाहीं लाग्छ -
सपना देख्ने मेरा आँखा
मेरा दुखका कठोर पहाड हुन् ।
सोच्दै जान्छु
घरीघरी आफ्नै आँखासंग रिस उठ्छ
कहिलेकाहीँ लाग्छ
आँखा नभएको भए
मान्छेहरू निदाएकै छन्
सुतेकै छन्
जङ्गलका सुकेका मुढा हुन् मान्छेहरू
मलाई कहिलेकाहीं त्यस्तै भइदिन मनपर्छ
कहिलेकाहीँ आफ्नै आँखा झिकेर
सुकेको मुढालाई लाइदिन मनलाग्छ
कहिलेकाहीं नदीको किनारमा पल्टिएका शान्त ढुङ्गालाई लाइदिन मन लाग्छ
अब सपना देख्न मन छैन मलाई
अनी ऊ जागै बसोस न !
खडेरीले फुटेका खेतका गह्राहरू हुन्
मेरा आफन्तका अनुहार
मेरा सपनाले हिल्याउन अब सक्दैन
No comments:
Post a Comment