Saturday, March 29, 2025

देवकोटा लुसुन प्रज्ञा- प्रतिष्ठानको टोली मित्रराष्ट्र भारतका केही स्थानमा भएको साहित्यिक / सांस्कृतिक कार्यक्रममा सहभागी


देवकोटा लुसुन प्रतिष्ठान र मित्रराष्ट्र भारत, सिक्किमको प्रेस ल्कब अफ सिक्किमको निमन्त्रणामा यही २०८१ साल चैत्र १५ गते देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको एक टोली पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थित  केही स्थानमा साहित्यिक सांस्कृतिक कार्यक्रममा सहभागी बनी चैत्र १८ गते काठमाण्डौ फर्किएको छ । उक्त टोलीमा देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौड्याल, उपाध्यक्ष मातृका पोखरेल, महासचिव सीता शर्मा, कोषाध्यक्ष कृष्ण प्रसाईं, सदस्यहरू डा. सिर्जना शर्मा उप्रेती र सिर्जना शर्मा हुनुहुन्थ्यो । त्यसैगरी कविहरू मुनाराज शेर्मा, देवान किराती, लीला अनमोल र तुम्याहाङ लिम्बु पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको पहिलो दिन देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको सम्मानमा मुस्कान समूह , लोधोमा , दार्जिलिङले एउटा भव्य काव्योत्सवको आयोजना गऱ्यो । २९ मार्च २०२५ अर्थात २०८१ चैत्र १६ गते मुङमुङ खोला सार्वजनिक भवनमा भएको अन्तर्राष्ट्रिय साहित्य सङ्गमको नाममा आयोजना गरिएको कार्यकममा मुस्कान समूह , लोधोमा , दार्जिलिङका अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा भएको थियो ।  कार्यकारी सभासद  श्री नोर्देन शेर्पा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा क्षेत्रीय साहित्यका गतिविधि बारे डा. महेश दाहाल, भारतीय नेपाली साहित्य र संस्कृतिका बारे  सिक्किमका विद्वान व्यक्तित्व प्रविण राई 'जुमेली', देवकोटा लुसुन प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलले आ- आफ्ना विचार प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा कविहरू मातृका पोखेल, सीता शर्मा, सिर्जना शर्मा,  कृष्ण  प्रसाईं, मुनाराज शेर्मा, विकाश आले, गोबिन्द सुब्बा, जीवन लियाङ, कर्ण विरह, सुरज शर्मा, गोपाल ढकाल , प्रविन खालिङ, लीला अनमोल, देवान किराँती, तुम्बेहाङ लिम्बु,  मुनाराज शेर्माले आ- आफ्ना कविता वाचन गर्नुभयो ।

कार्यकममा नयाँ प्रतिभा युवाहाङ लिम्बुले गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन अर्थात २० ८१ चैत्र १७ गते मिरिकमा भारत-नेपालका सर्जकहरुका सृजनशील सङ्गम नाम दिइएको एक अन्तर्राष्ट्रिय काव्य उत्सवको आयोजना गरियो । साहित्य सुनौं परिवार  मिरिक, अगमसिंह गिरी साहित्य प्रतिष्ठान सौरेनी र इबरा साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा अमर दुङमालीले सभापतित्व ग्रहण गर्नुभएको थियो । सिक्किम राज्य, ओबीसी अध्यक्ष सुश्री पवित्र भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य सुनौं परिवारका उपाध्यक्ष वाई.एन. ढकालले सम्पूर्ण अतिथि एवम् सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा साहित्य सुनौं परिवारका अध्यक्ष राजबहादुर राईले भारतीय नेपाली साहित्यको बारेमा मन्तव्य प्रस्तुत गर्नुभयो । त्यसैगरी सांस्कृतिक चिन्तक प्रवीण राई 'जुमेली', देवकोटा लूसुन प्रज्ञा -प्रतिष्ठानका  अध्यक्ष सुनील पौड्यालले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा देवकोटा लुसुन प्रज्ञा- प्रतिष्ठानले वि.सं. - २०८१ का लागि चिया कविता सिक्किमलाई र मणिपुरकी स्रष्टा डा. गोमा अधिकारी लाई घोषणा गरिएको पुरस्कार  समर्पण  गरिएको थियो । उक्त पुरस्कार देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौड्याल, उपाध्यक्ष मातृका पोखरेल, महासचिव सीता शर्मा र कोषाध्यक्ष कृष्ण प्रसाईंले संयुक्त रूपमा समर्पण गर्नुभयो । पुरस्कृत व्यक्तित्व र संस्थाका बारेमा डा. सिर्जना शर्मा उप्रेतीले प्रकाश पार्नु भएको थियो । चिया कवितामा तर्फबाट अमर लाछिकाठी गुरुङ, प्रविण खालिङ एवम् मणिपुरकी स्रष्टा डा. गोमा अधिकारीले पुरस्कार ग्रहण गर्नु हुँदै आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कविहरू कृष्ण प्रसाई, मुक्ति बराल, युवराज काफ्ले, मातृका पोखरेल, सीता शर्मा,  मुनाराज शेर्मा, देवान किराती, तुम्बेहाङ लिम्बु, लतिका जोशी, लीला अनमोल , नमिता राई, ललिता क्षेत्री, देविका खवास, सिर्जना शर्मालगायत नेपाल र भारतका डेढ दर्जनभन्दा बढि कविहरूले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई  अगमसिंह गिरी साहित्य प्रतिष्ठानका अध्यक्ष  मनोहर शर्माले संचालन गर्नुभएको थियो ।

कार्यकमको तेस्रो दिन पारिजात स्मृति केन्द्र र देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजना र प्रगतिशील लेखक सङ्घ, जिल्ला समिति,  झापाको आयोजनामा २०८१ चैत्र १८ गते झापाको  विर्तामोडमा 'पारिजातका संस्मरणमा पाइने उन्नत जीवनमूल्य' विषयक विचारगोष्ठी एवम् कविता वाचन कार्यक्रम सम्पन्न भयो । देवकोटा लुसुन प्रज्ञा -प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ आख्यानकार पुण्यप्रसाद खरेल प्रमुख अतिथि रहनु भएको थियो । प्रगतिशील लेखक सङ्घ, झापाका उपाध्यक्ष तारा राईले स्वागत मन्तव्य दिंदै झापा र झापा बाहिरका थुप्रै साहित्यकारहरूलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको धारणा राख्नुभयो । कार्यक्रममा कार्यक्रमका संयोजक एवम् पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका कोषाध्यक्ष एवम् कवि कृष्ण प्रसाईंले प्रतिष्ठानका पदाधिकारीहरूको परिचय दिनुभएको थियो । वरिष्ठ समालोचक डि.आर. पोखरेलले कार्यक्रममा 'पारिजातका संस्मरणमा पाइने उन्नत जीवनमूल्य' विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएपछि उक्त गोष्ठीपत्रमाथि समालोचकद्वय डा. सिर्जना शर्मा उप्रेती र लिलाप्रसाद अधिकारीले टिप्पणि गर्नुभएको थियो । कविहरु लता खरेल ,  साङसेन पन्धाक, भगवती ढुङ्गेल, हेम अधिकारी, मुनाराज शेर्मा, चित्रा कोइराला , उपेन्द्र आचार्य, लक्ष्मीअच्युत ढुङ्गाना, खिलप्रसाद सिवाकोटी, स्वर्णीम सगुन, दीलकुमारी बुढाथोकी, जयप्रसाद भण्डारी, हरिनारायण भट्टराई , वीरेन्द्र खड्का, डिल्लीराम परदेशी, टीका चापागाईं, सुभद्रा भट्टराई, सीता शर्मा, कृष्ण प्रसाईं, देविभक्त श्रेष्ठ, लीला अनमोललगायतले कार्यक्रममा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला, साहित्यकार देविचन्द्र श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका सदस्य सिर्जना शर्माले गर्नुभएको थियो ।

000























































































































































































































































































































































































































































































































































































































































































No comments:

Post a Comment