Sunday, November 30, 2025

बागलुङ्को बरेङमा बालसाहित्य गोष्ठी

२०८२ साल मंशिर १२ गते बरेङ गाउँ पालिका, बागलुङमा नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजना र बरेङ गाउँपालिका , बाग्लुङको सह - आयोजनामा बाल कविता गोष्ठीको आयोजना गरियो । बरेङ गाउँपालिका , बाग्लुङका उपाध्यक्ष दीलिप कुमार पुनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको थियो । बरेङ गाउँपालिका , बाग्लुङका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले स्वागत मन्तव्यबाट सबैलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा सर्वोदय क्याम्पस, बरेङका क्याम्पस प्रमुख

फूल कुमारी शर्माले बाल साहित्यको महत्त्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले टिप्पणि गर्नुभएको थियो ।

बरेङ गाउँपालिका बागलुङमा रहेका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने कविहरू मन्जु घर्ती, लक्ष्मी दर्जी, सिम्रन थापा, आकाश वि.क., सन्देश गौतम, सपना पुन, तारा गुरुङ, शुषमा विक, एलिशा गिरी, निशा थापा ,  शारदा कार्की , मनिषा कार्की, सन्ध्या शर्मा, प्रकृति थापा, पूजा थापा,  सविन क्षेत्री, रक्षा खत्री, सिर्जना परियार, सुलोचना परियार, अनिता भण्डारी, धनमाया बोहोरा, अन्जना सुनार , अनुषा विश्वकर्मा, ऋषीराम गिरी, अन्जु राना  ले कविता वाचन गरेर प्रतियोगितामा भाग लिएका थिए । साहित्यकारहरू अगिव बनेपाली, सीता शर्मा र फूल कुमारी शर्मा रहनु भएको निर्णायक मण्डलले सपना पुन - प्रथम, सन्ध्या शर्मा - द्वितीय , एलिसा गिरी - तृतीय र तारा गुरुङ - सान्त्वना पुरस्कारद्वारा पुरस्कृत भएको घोषणा गरेको थियो ।  पुरस्कृत प्रतिभालाई प्रमुख अतिथि विमल निभा , विशेष अतिथि मातृका पोखरेल र कार्यक्रमका सभापति एवम्  बरेङ गाउँपालिका , बाग्लुङका उपाध्यक्ष दीलिप कुमार पुन र नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपाली, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका महासचिव सीता शर्माले कार्यक्रमको महत्त्वका बारेमा धारणा राख्नुभएको थियो । बरेङ गाउँपालिका , बाग्लुङका रोजगार संयोजक केशव राज क्षेत्रीले कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरूमा पूर्वान्चल गन्धर्व संस्कृति उत्थान समाज,  झापाको गन्धर्व प्रस्तुतिले गोष्ठीलाई रोचक बनाएको थियो ।

०००






















































































































No comments:

Post a Comment