देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणामा नेपाल आउनु भएका China Academy of social sciences, Institute of literature का पदाधिकारीहरूको स्वागत र सम्मानमा नेपाल प्रज्ञा- प्रतिष्ठान र देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा २०८२ साल कार्तिक ३० गते साहित्य - संवाद कार्यक्रमको आयोजना गरियो । देवकोटा - लु शुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौड्यालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहनु भएको थियो । चीनका लागि नेपालका पूर्व राजदुत एवं साहित्यकार डा. महेश मास्के, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति विमल निभा, मित्र राष्ट्र चीनका DCM Wang Xin विशिष्ट अतिथि रहनु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव डा . धनप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नु भएको उक्त साहित्य संवाद कार्यकममा China Academy of Social Sciences, Institute of Literature का उप निर्देशक Mr. Rao Wangjing(饶望京) , China Academy of Social Sciences, Institute of Literature का अन्य सदस्यहरु Li Zhe(李 哲) , Li Siqing(李思清), Li Fang(李芳), He Hao(何浩), Wang Fang(王芳) लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले खादा ओढाएर स्वागत गर्नुभएको थियो । देवकोटा-लु शुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौड्यालको कार्यपत्र प्रस्तुत भएपछि China Academy of Social Sciences, Institute of Literature का उप निर्देशक Mr. Rao Wangjing(饶望京) को कार्यपत्र, China Academy of Social Sciences, Institute of Literature का सदस्यहरू LiSiqing 李思清, Li Zhe(李 哲) , Li Fang(李芳), He Hao(何浩), Wang Fang(王芳) ले पनि आ - आफ्ना प्रस्तुति राख्नु भएको थियो ।
कार्यक्रममा कविहरू भुपाल राई, विमल निभा, मातृका पोखरेल, कृष्ण प्रसाई , बाबा बस्नेत र डा. सृजना शर्माले कविता वाचन गर्नुभएको थियो ।
नेपाल प्रज्ञा- प्रतिष्ठनको देवकोटा सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा देवकोटा लुशुन प्रज्ञा- प्रतिष्ठानका महासचिव सीता शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
०००














































No comments:
Post a Comment