Friday, July 3, 2026

साझा प्रकाशनको रणनीतिक योजनासम्बन्धी दुईदिने गोष्ठी सम्पन्न

साझा प्रकाशनको आयोजनामा काभ्रेस्थित पनौती स्थित डायमण्ड हिल रिसोर्ट प्रा.लि. मा  २०८३ असार १८ र १९ गते साझा प्रकाशनको रणनीतिक योजनासम्बन्धी दुईदिन गोष्ठी सम्पन्न भएको छ । साझा प्रकाशनका अध्यक्ष डा. शेखर गिरीको सभापतित्वमा भएको गोष्ठीमा प्रकाशनका संचालक समिति सदस्य प्रा.डा. रमेशप्रसाद भट्टराई र वाशिष्ट अधिकारीले 'साझा प्रकाशन, पुनर्जागरण र आधुनिकीकरण' विषयमा दुइवटा कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि सल्लाहकारहरू डा. विष्णुविभु घिमिरे, प्रा. जगतप्रसाद उपाध्याय, मातृका पोखरेल, प्रा. डा. हेमनाथ पौडेल, प्रा.डा. जगदीश चन्द्र भण्डारी, बासुदेव अधिकारी, प्रा.डा. जीवेन्द्र देव गिरी, प्रकाशनका संचालक समितिका पूर्व  अध्यक्ष डा. विजय सुब्बा, पूर्व सदस्य अनिल पौडेल, वर्तमान संचालक समितिका सदस्यहरू प्रा.डा. धुर्ब घिमिरे, मनोहर लामिछाने र जयन्ता पोखरेलले कार्यपत्र माथि आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका महत्त्वका बारेका साझा प्रकाशनका निमित्त महाप्रवन्धक भेषराज घिमिरेले प्रकाश पार्नु भएको थियो ।

ooo


































No comments:

Post a Comment