वि.सं. २०८२ साल माघ १९ गते भाषा आयोगले सम्माननीय प्रधानमन्त्री सुशिला कार्की समक्ष मातृभाषामा शिक्षासम्बन्धी सिफारिस - २०८२ र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (सन २०२२ - २०३२ ) नेपालको राष्ट्रिय कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गऱ्यो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त दुवै प्रतिवेदन प्रस्तुत गर्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले मातृभाषाको महत्त्वको बारेमा आफ्नो भनाई राख्नुहुँदै आफूले कार्यान्वयन गर्न प्रयत्नशील रहने वचनबद्धता प्रकट गर्नुभयो । कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, भाषा आयोगका माननीय सदस्यहरू मातृका पोखरेल, डा. पुष्करराज भट्ट, सुरेश मानन्धर, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, भाषा आयोगका नि. सचिव डा. लोक बहादुर लोप्चन, भाषा आयोगका उपसचिव कमला पाण्डेलगायत हुनुहुन्थ्यो ।
०००
कार्यक्रमका तस्विरहरू :
























































No comments:
Post a Comment