Saturday, January 11, 2025

हाम्रो एकता बचत तथा ऋंण सहकारीको चौधौं साधारणसभा सम्पन्न ।

हाम्रो एकता बचत तथा ऋंण सहकारीको चौधौं साधारणसभा २०८१ साल पुष २७ गते भक्तपुरको सिर्जनानगरस्थित दिव्यश्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । हाम्रो एकता बचत तथा ऋंण सहकारीका अध्यक्ष दिनेश प्रसाद न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाको कार्यक्रमका प्रमुख अतिथि एवम् भाषा आयोगका माननीय अध्यक्ष मातृका पोखरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशी, सहकारी संस्थाकी सल्लाहकार भागिरथी सिटौला, किरण कुमारी राई लगायत अतिथिहरूले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको दोस्रो सत्रमा बन्दसेसन आयोजना गरिएको थियो ।

000















No comments:

Post a Comment