इन्द्रेणी सांस्कृतिक समाजका संस्थापक उपाध्यक्ष इन्द्रेणी सांस्कृतिक समाजको आयोजनामा २०८१ भदौ २९ गते समाजका संस्थापक उपाध्यक्ष एवम् जननृत्य गुरू हरिकृष्ण दर्शनधारीको १२ औं स्मृति दिवसका अवसरमा नृत्य महोत्सवको कार्यक्रम सम्पन्न भयो ।
कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको कार्यक्रममा इन्द्रेणी सांस्कृतिक समाजका संस्थापक अध्यक्ष रायन , भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल , गीतकार तथा संगीत अभियात्राका महासचिव चिरन पुन , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सौरगंगा दर्शनधारी विशिष्ट अतिथि हुनुहुन्थ्याे ।
कार्यकमको आरम्भमा कवि दुर्गालाल श्रेष्ठले हरिकृष्ण दर्शनधारीको सम्झनामा लेख्नुभएको गीत श्रद्धाञ्जलि गीतका रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यकममा दर्जन भन्दा बढी विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । नृत्यमा सहभागी प्रतिभाहरुलाई कार्यक्रमका अतिथिहरू कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य , इन्द्रेणी सांस्कृतिक समाजका संस्थापक अध्यक्ष रायन , भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल , गीतकार तथा संगीत अभियात्राका महासचिव चिरन पुन , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सौरगंगा दर्शनधारी , कीर्तिपुर नगरपालिका वडा नं १ का अध्यक्ष जमुना महर्जन , इन्द्रेणी सांस्कृतिक समाजका अध्यक्ष वीरप्रसाद भन्सारी , इन्द्रेणी सांस्कृतिक समाजका उपाध्यक्ष गुज्जे मालाकार , इन्द्रेणी सांस्कृतिक समाजका सचिव राजेन्द्र महर्जन 'पुता', इन्द्रेणी सांस्कृतिक समाजका कोषाध्यक्ष रानीशोभा महर्जनले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रम इन्द्रेणी सांस्कृतिक समाजका अध्यक्ष वीरप्रसाद भन्सारीको सभापतित्वमा भएको थियो ।
000

















.jpg)





































No comments:
Post a Comment