Monday, March 18, 2024

२६ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न

 २०८० चैत्र ५ गते जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा गोरखा जिल्लाको गण्डकी गाउँपालिकास्थित बटारमा २६ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा (माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरुङले झ्याली बजाएर उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व जनसांस्कृतिक महासङ्घ, नेपालका का.वा. अध्यक्ष भीम कुमाखीले  गर्नुभएको थियो । महासङ्घका महासचिव सुवर्ण हमालले स्वागत मन्तव्य गर्नुभए पश्चात सो कार्यक्रममा गोरखा जिल्लाका  सहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा भाषा, साहित्य तर्फ सिता शर्मालाई , संगीत तर्फ रिना लिम्बुलाई , नाट्य तर्फ अवि बटालालाई , चलचित्र तर्फ शिवजी लामिछानेलाई, ललितकला तर्फ गंगाधर सारुलाई , भाषा तथा लोकवार्ता तर्फ युद्धविक्रम शाहीलाई जनसांस्कृतिक सम्मान द्वारा सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व हरुको तर्फबाट चलचित्रकर्मी शिवजी लामिछानेले अनुभूति मन्तव्य राख्नुभएको थियो ।

सम्मानित व्यक्तित्त्वहरुको परिचय गराउँदै महासङ्घका उपाध्यक्ष केशव सिलवालले एउटा कविता प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका अतिथिहरुमा भाषा आयोगका माननीय अध्यक्ष एवम् जनसांस्कृतिक महासङ्घका पूर्व इन्चार्ज   डा.गोपाल ठाकुर, नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका इन्चार्ज इश्वरचन्द्र ज्ञवाली, नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका अध्यक्ष मातृका पोखरेल, जनसांस्कृतिक महासङ्घका प्राज्ञ सल्लाहकार समितिका संयोजक डा. मधुसुदन गिरी लगायत हुनुहन्थ्यो ।

000



































































































No comments:

Post a Comment