Monday, March 20, 2023

सांस्कृतिक प्रतिरोध दिवस - २०७९

 जनसांस्कृतिक सम्मानबाट सम्मानित हुनुभएकोमा तपाईंहरू सबैलाई हार्दिकहार्दिक बधाई !

- जनसांस्कृतिक सम्मान - २०७९ बाट साहित्यतर्फ वसन्त वराकोटी

- जनसांस्कृतिक सम्मान - २०७९ बाट ललितकलातर्फ मानबहादुर दोङ्ग

- जनसांस्कृतिक सम्मान - २०७९ बाट      चलचित्रतर्फ राजु केसी

- जनसांस्कृतिक सम्मान - २०७९ बाटनाट्यतर्फ जीवन थापा 

जनसांस्कृतिक सम्मान - २०७९ बाट जनसङ्गीततर्फ माया बोहरा


जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजना साथै जनसाँस्कृतिक महासङ्घ नेपाल बागमती प्रदेश र नेकपा माओवादी केन्द्र पाँचखाल १ काभ्रे को सह -आयोजना सहितको संयुक्त कार्यक्रम  चैत्र ५ गते २५ औं साँस्कृतिक प्रतिरोध दिवस तथा जनसाँस्कृतिक राष्ट्रिय  सम्मान  २०७९ भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता पाँचखाल ,१ नम्बर वडा अध्यक्ष जय बहादुर तामाङले गर्नु भएको थियो भने प्रमुख अतिथि बागमती प्रदेशका माननीय सांसद तथा नेकपा माओवादी केन्द्र को केन्द्रीय सदस्य कमरेड रुकु चौलागाईं, बिशेश अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष कमरेड मातृका पोखरेल ,पार्टी केन्द्रीय सदस्य तेज बहादुर मिजार , गङगा पराजुली, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेशका सांसद कमरेड सरल सहयात्री  रहनु भएको थियो साथै अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्र  बागमती प्रदेशका पार्टी सचिव कमरेड इन्द्र बहादुर थिङ छिन्ताङ,विभिन्न प्रतिष्ठानहरुका प्राज्ञहरु लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन महासङ्घका महासचिव सुबर्ण हमालले गर्नु भएको थियो उक्त कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो भने  विभिन्न बिधागत क्षेत्रमा योगदान पुर्याउने श्रष्ठाहरुलाई "जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७९" सम्म्मान तथा पुरस्कार प्रदान गरिएको थियो । जसमा भाषा तथा साहित्य तर्फ बसन्त बाराकोटी, चलचित्र तर्फ चलचित्रकर्मी राजु केसी , संगीत तर्फ माया बोहरा कमरेड सरिता , ललितकला तर्फ मान बहादुर दोङ र नाट्य तर्फ जीवन थापा रहेका छन । कार्यक्रममा कलाकारहरुको विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो। २०५५ साल चैत्र ५ गते तत्कालीन राज्यद्वारा निशसस्त्र  कलाकारहरुलाई घेरा हाली घर भित्र थुनेर आगो लगाई निर्ममता पुर्वक हत्या गरिएको दिनलाई हरेक बर्ष नेकपा माओवादी केन्द्र र जनसांस्कृतिक महासङ्घ नेपालले सांस्कृतिक प्रतिरोध दिवस र जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
















































































No comments:

Post a Comment