पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्ले कैलाली , धनगढीमा यही फागुन ७ गते केेैैलाली जनपुस्तकालयमा "वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता' विषयक विचारगोष्ठी आयोजना गरेको छ । नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा. पुष्करराज भट्टकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्याे । समाराेहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका काेणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गर्नुभएकाे थियाे । साे विचारपत्रमा समालोचक डा. इन्द्रबहादुर भण्डारीले टिप्पणी गर्नुभएकाे थियाे । समाराेहमा मातृका पाेखरेल, देविका तिमिल्सिना, श्रेष्ठ प्रिया पत्थर, डा. टिएन जाेशीले आफ्ना विचार व्यक्त गर्नुभएको थियाे । समाराेहमा खेम बतास, लक्ष्मीप्रसाद पाैडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक,सागर कुश्मी, काेपिला शर्मा, ह्रक गिरी, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचन गर्नुभएकाे थियाे । जनक रसिक र लक्ष्मीप्रसाद पाैडेलले उद्घघाेषण गर्नुभएकाे साे समारोहमा बाबुराम आचार्यले स्वागत मन्तव्य दिनुभएको थियाे ।
No comments:
Post a Comment