यही बैशाख ५ गतेका दिन प्रख्यात साहित्यकार पारिजातको २९ औं स्मृति सभा भब्यरुपमा उहाँको जीवन परिचय, समालोचक समीक्षकहरु परिजातका समकक्षीहरु कबि कलाकारहरुद्धारा बिबिध कोण प्रतिकोणबाट बिश्लेषण गर्दै साहित्यकारको जीवन र कृतिहरुका बारेमा छलफल गर्दै सम्पन्न भएको छ ।
पारिजात स्मृति केन्द्रका कार्यवाहक अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक डि. आर. पोखरेल हुनुहुन्थ्यो भने पारिजातको बहिनी सुकन्या वाईवाको गरिमामय उपस्थिति रहेको कार्यक्रमलाई पुरस्ककृत तथा सम्मानित व्यक्तित्वहरूः
पारिजात सृजन सम्मानबाट सम्मानित विनोदविक्रम केसी, पारिजात बालसाहित्य सम्मानबाट सम्मानित भिक्टर प्रधान, पारिजात कला सम्मानबाट सम्मानित देवेन्द्र थुम्केली, पारिजात संघर्षशील नारी सम्मानबाट सम्मानित उमा गुरुंग राई लगायतले संक्षिप्त मन्त्ब्य राख्नु भएको थियो ।
स्मृति केन्द्रको तर्फबाट मातृका पोखरेल, डा. महेश मास्के, देबीका तिमल्सिना, दिलशुन्दर श्रेष्ठले पनि मन्तव्य राख्नु भएको थियो । भने कवि बिमल निभा र बिनोदबिक्रम के.सी.ले कविता बाचन गर्नु भएको थियो ।
प्रमुख अतिथि डि.आर. पोखरेलले साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति शिरिषको फूल र अनिदो पहाड उपन्यासवीचको अन्तर र समानता लगायत विविध पाटाहरुमा प्रकाश पार्नुभएको थियो ।
साहित्यकार खगेन्द्र संग्रौलाद्धारा रचित गीत रायनद्धारा संगीतबद्ध गीत अपराजिता पारिजात… पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रबुद्ध सर्जकहरुको बिशेष उपस्थिति रहेको थियो नयाँ पुस्ताको उपस्थिति पनि उल्लेख्य रहेको थियो ।
No comments:
Post a Comment