मकवानपुर । मकवानपुरकाे हेटाैडामा प्रगतिशील साहित्यको वर्तमान अवस्था विषयमा अन्तरक्रिया तथा कविता वाचन भएकाे छ । प्रगतिशील लेखक सङ्घ मकवानपुर र पारिजात स्मृति केन्द्र काठमाडौकाे आयोजनामा कार्यक्रम भएकाे हाे ।
अन्तर्क्रियामा प्रगतिशील साहित्यकाे विषयमा प्राध्यापक केशब सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि मकवानपुरका प्रगतिशील कविद्वय सुवाष खनाल र पुरुपाेत्तम आचार्यले टिप्पणी गरेका थिए । प्रगतिशील लेखक संघ मकवानपुर सचिव चिरञ्जीवी लामिछानेले स्वागत गरेकाे कार्यक्रममा सर्जक संजाल मकवानपुरका निमेष निखिलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्राध्यापक तथा समालाेचक घनश्याम घिमिरे तथा व्यङ्ग्य कवि आरसी रिजालले समेत कार्यपत्रमाथि आफ्नाे भनाई राखेका थिए । कार्यपत्र प्रस्तुती तथा साे माथिकाे टिप्पणीकाे कार्यक्रम पछी कार्यक्रम कवीहरुले कविता वाचन गरेका थिए । प्रलेस मकवानपुरकी अध्यक्ष शान्ती प्रीयवन्दनाकाे सभाध्यक्ष तथा पारिजात स्मृति केन्द्रका महासचिव मातृका पाेखरेलकाे विशेष आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजाल, साहित्य सगम मकवानपुर अध्यक्ष निमेश निखिलऽ साहित्यकार मुक्ति गाेबिन्द वैद्यलगायतकाे आतिथ्यता रहेकाे थियाे । https://saheekhabar.com/2022/03/08/18462/ बाट साभार
No comments:
Post a Comment